Skip to content
  • २५ मंसिर २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

कांग्रेस नेताहरू पुसको कुन-कुन दिनमा महाधिवेशन गर्ने छलफल गर्न जुट्दै

१५ मंसिर २०८२, सोमबार १०:४१
जनवाणी संवाददाता

 

 काठमाडौं  –  नेपाली कांग्रेसको १५ औं महाधिवेशनको कार्यतालिका पुसको कति गतेदेखि कति गतेसम्म ल्याउने भन्नेबारे समझदारी जुटाउन शीर्ष नेताहरू छलफलमा जुट्दैछन्।

आज सानेपामा दिउँसो २ बजे केन्द्रीय समिति बैठक बस्दैछ, उक्त बैठकअघि नेताहरूबीच छलफल गरेर १५ औं महाधिवेशनको मिति प्रस्ताव तयार पार्ने तयारी रहेको एक नेताले जानकारी दिए।

आइतबार सभापति देउवा निवासमा सभापति, कार्यवाहक सभापति, महामन्त्री शर्मा, केन्द्रीय सदस्य लेखक लगायत नेताहरूबीच भएको छलफलमा ढिलोमा पनि पुस २५, २६ वा २७ गतेदेखि सुरू हुने गरी महाधिवेशनको कार्यतालिका ल्याउन केन्द्रीय समितिमा प्रस्ताव गर्ने कुराकानी भएको थियो।

`पुस १० गते आसपास वडा अधिवेशन गरेर पुसको अन्तिममा केन्द्रीय महाधिवेशन गर्ने गरी प्रस्ताव ल्याउनेबारे छलफल भएको हो,’ छलफलमा सहभागी एक नेताले सेतोपाटीसँग भने, ‘सभापति देउवासँग भएको छलफलका आधारमा कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशन कार्यतालिका केन्द्रीय समितिमा पेस गर्ने हो। ठ्याक्कै कति गतेदेखि महाधिवेशन सुरू गर्ने भन्ने टुंगो चाहिँ आज केन्द्रीय समिति बैठक बस्नुअघि सानेपामै बस्ने शीर्ष नेताहरूको छलफलबाट लाग्छ। कार्यवाहक सभापतिको चाहना भने पुस २८ गते महाधिवेशन उद्घाटन गर्ने गरी कार्यतालिका ल्याउने रहेछ।’

पुसभित्रै महाधिवेशन गर्न सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, उपसभापति धनराज गुरूङ, दुवै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, नेता बालकृष्ण खाँण र रमेश लेखक लगायत तयार भए पनि कहिलेदेखि महाधिवेशन सुरू गर्ने भन्ने निश्चित भइसकेको छैन। त्यसैले केन्द्रीय समिति बैठकअघि सानेपामै हुने शीर्ष नेताहरूको छलफलले महाधिवेशनको मिति तय गर्नेछ।

छोटो समयको तयारीमा महाधिवेशन गर्नुपर्ने भएकाले एक-एक दिनको महत्व रहेको ती नेताले जानकारी दिए।

पुसभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउन लागेपछि सभापति देउवानिकट पूर्व पदाधिकारीहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले खुलेरै विरोध गरेका छन्। निधि र सिटौला अहिले महाधिवेशनमा भन्दा पनि आम चुनावमा होमिनुपर्नेमा छन्। चुनावअघि महाधिवेशन गर्दा त्यसले आमचुनावलाई असर पार्ने उनीहरूको दाबी छ। त्यसकारण चुनाव सकेर वैशाखमा महाधिवेशन गर्न उपयुक्त हुने उनीहरूले बताउँदै आएका छन्।

तर सभापति देउवा नै पुसभित्रै महाधिवेशन गर्न सहमत भएको अवस्था छ।

सभापति देउवानिकट केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन पक्षधरले राख्दै आएको प्रस्ताव फिर्ता लिनुपर्ने अडान पनि राखिरहेका छन्।

कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशन माग गरेका थिए।

विधानअनुसार माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने हुन्छ।

विशेष महाधिवेशन पुस २८ गतेभित्रै आयोजना गर्नुपर्ने भएकाले त्यही अवधिभित्र नियमित महाधिवेशन गरी विशेष महाधिवेशनको प्रस्तावलाई पनि समेट्न खोजिएको नेताहरूले बताएका छन्।

त्यसैले विशेष महाधिवेशन पक्षको प्रस्ताव फिर्ता नलिइ नियमित महाधिवेशन कार्यतालिका ल्याउन लागिएको छ। विशेष महाधिवेशन पक्षधरले नियमित महाधिवेशनको सुनिश्चितता नभएकाले विशेष महाधिवेशन हुने बताइरहेका छन्।

‘क्रियाशील सदस्यता समयमै टुङ्ग्याएर केन्द्रीय समितिले ल्याएको कार्यतालिका अनुसार वडा अधिवेशन हुन्छ कि हुँदैन हेर्ने र नभएमा विशेष महाधिवेशनको तयारी अघि बढ्छ,’ विशेष महाधिवेशन पक्षधरका एक नेताले दाबी गरे, ‘सभापति देउवाले पुसभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउन कार्यवाहक सभापतिलाई भन्ने तर देउवानिकट नेताहरू नै त्यसको विरोध गर्ने यो के हो, यसले के सन्देश दिन्छ, पुसभित्रै नियमित महाधिवेशन हुन्छ भन्ने सन्देश दिन्छ त?´

त्यसैले सभापति देउवानिकट असन्तुष्ट केन्द्रीय सदस्यहरू र विशेष महाधिवेशन पक्षधरलाई पनि समेटेर पुसभित्रै महाधिवेशन हुने सुनिश्चितता गर्दै केन्द्रीय समितिबाट कार्यतालिका ल्याउने दबाबमा कार्यवाहक सभापति खड्का छन्। 

Post navigation

नेपाली कम्युनिस्ट पार्टीले आज पोखरामा एकता सन्देश सभा गर्दै
प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा, सूचीसहित

ताजा खबर

  • जेनजी र सरकारबिच सम्झौता : आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा १५ मंसिर २०८२, सोमबार १०:४१
  • चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो १५ मंसिर २०८२, सोमबार १०:४१
  • विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइलमा १५ मंसिर २०८२, सोमबार १०:४१
  • ओली कुटीको ‘नक्सा’लाई लिएर शिक्षामन्त्री पुनले गरे कटाक्ष १५ मंसिर २०८२, सोमबार १०:४१
  • उपभोक्ता अदालतमा किन बढ्दै छ स्वास्थ्यसम्बन्धी मुद्दा ? १५ मंसिर २०८२, सोमबार १०:४१

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297