Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

ताप्लेजुङमा बाढी र पहिरोले २५ घरपरिवार विस्थापित

२ असार २०८१, आईतवार २१:५५
जनवाणी संवाददाता

 

काठमाडौं – ताप्लेजुङमा लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले जनजीवन प्रभावित भएको छ । प्राप्त सूचना अनुसार ताप्लेजुङको सिरिजंगा गाउँपालिका ६ मामांखेका २५ घरपरिवार विस्थापित भएका छन् भने केही घर जोखिममा देखिएको छ।

 पहिरोले खानेपानीको पाइप बगाएपछि तीन सय बढी घरपरिवार खानेपानीको अभावमा परेका छन् । पालिकाका अध्यक्ष लालकृष्ण चौहानले विस्थापित परिवारलाई स्थानीय विद्यालयमा सारिएको बताए । ‘उद्धारका लागि पालिकाको उपाध्यक्ष चित्रकुमारी लिम्बूसहितको टोली मामांखेमा पठाइएको छ,’ अध्यक्ष चौहानले भने, ‘राहत सामाग्री बाटो बिग्रिएको कारण पुर्‍याउन सकिएको छैन । भोली राहत पुर्‍याउँछौं 

वडा नम्बर ६ का सचिव विशालकुमार शाहका अनुसार भीममाया गुरुङ र गौरीमाया लिम्बुको घर पहिरोले पूर्णरुपमा पुरेको छ । गुरुङकोमा तीन र लिम्बुकोमा दुई जना बस्दै आएका थिए । पूर्णरुपले विस्थापित हुनेमा हर्कमाया लिम्बू, रनबहादुर लिम्बू, पर्शुराम लिम्बू, गंगाकमारी गौतम, भीमकुमार लिम्बू, शेरबहादुर लिम्बू, मनोज राई र कल्पना लिम्बूको परिवार रहेका छन् ।

यस्तै, मानबहादुर लिम्बू, जगतबहादुर लिम्बू, वीरबहादुर लिम्बू, इन्द्रबहादुर भट्टराई, यामबहादुर लिम्बू, बुद्धिराज लिम्बू, रविबहादुर लिम्बू, रनकुमार लिम्बू मावो, सरस्वता लिम्बू, नारायणप्रसाद भट्टराई, जानुका भट्टराई र पूर्णप्रसाद गौतमको परिवार विस्थापित भएका छन् । पहिरोबाट २४ घर उच्च जोखिममा रहेको बताइएको छ । गाउँपालिका अध्यक्ष चौहानले दिउँसो १२ बजेदेखि वर्षा रोकिएको कारण उद्धारमा सहज भएको बताए । ‘पानी पर्ने क्रम रोकिएको छ । अब पानी परेन भने राहत पुर्‍याउन थप सहज हुने थियो,’ उनले भने 

यसैबिच फुङलिङ नगरपालिका–९ हाङदेवाको हिरिया खोलाले मे १ ज २५७९ नम्बरको बोलेरो गाडी बाढीले बगाएको छ । फुङलिङ नगरपालिका–११ फुरुम्वुको मित्लुङबाट सदरमुकामतर्फ आउँदै गरेको गाडी बाढीले बगाएको हो ।

खोलाभित्र पसेपछि गाडीको स्टार्ट बन्द भएकाले र त्यहीबेला आएको लेदोले बगाएर १५ मिटर तल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिए । गाडीमा रहेका चालक राजकुमार पौडेल सकुशल रहेका छन् । यस्तै सदरमुकाम फुङलिङबाट पाथीभरा जाने मोटरबाटोमा झरेको पहिरोले को १ झ २९५८ नम्बरको बोलेरो गाडी पुरिएको छ । पुरिएको गाडीलाई निकालिएको प्रहरीले जनाएको छ । गाडीका चालक कुमार भट्टराई भने सकुशल छन् ।

 
 

Post navigation

डेढ गुणा लगानीको प्रतिफल दिएका छौं : सन्देश
प्रचण्डलाई पाँच बर्ष सरकार चलाउन दिए अहिलेको भन्दा राम्रो गर्नुहुन्छ : विप्लव

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश २ असार २०८१, आईतवार २१:५५
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै २ असार २०८१, आईतवार २१:५५
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति २ असार २०८१, आईतवार २१:५५
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। २ असार २०८१, आईतवार २१:५५
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै २ असार २०८१, आईतवार २१:५५

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297