Skip to content
  • १३ कार्तिक २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति

२३ असार २०८२, सोमबार १३:२०
जनवाणी संवाददाता
 

 काठमाडौं – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुने बताएका छन् ।

पक्राउ पूर्जी जारी भएपछि फरार भएका पूर्वसांसद यादवले भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश कुनै न कुनै समय अलग हुन्छ । म रहुँ वा नरहुँ ।’

‘जय बिहार, जय नेपाल, जय भारत’ भनेर भिडिओ सन्देश सुरु गरेका यादवले आफूलाई पक्राउ गर्नबाट जोगाउन भारतीय प्रहरी अधिकारीहरुसँग याचना पनि गरेका छन् ।

आफूले भारत र नेपालको निष्ठाको लडाइँ लडिरहेको बताउँदै उनले भनेका छन्, ‘अशोक यादव, श्रीराम र माँ जानकी धरोहर हुन्, त्यसलाई बचाउनका लागि लडिरहेको छु । बिहारका छोरीहरु जसको नेपालमा बिहे हुन्छ, उनको र उनीहरुका बच्चाको नागरिकता बन्दैन, म त्यसको लडाइँ लडिरहेको छु । म सितामढीको एसपीसँग बिहारको पुलिस अधिकारी सबैसँग अनुरोध गर्दछु कि नेपालका एसपीले भनेको आधारमा कुनै पनि कदम नउठाउनु ।’

उनले नेपालका शासकमा नश्लीय चिन्तन रहेको आरोप लगाएका छन् । मधेशीलाई दोस्रो नागरिकको दर्जा दिइएको भन्दै उनले मधेश अलग हुन आवश्यक रहेको भनेर आफूले पटक-पटक सोंचेको बताएका छन् ।

Post navigation

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ।
संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै

ताजा खबर

  • उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न सङ्खुवासभा प्रशासनको आग्रह २३ असार २०८२, सोमबार १३:२०
  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य २३ असार २०८२, सोमबार १३:२०
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प २३ असार २०८२, सोमबार १३:२०
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित २३ असार २०८२, सोमबार १३:२०
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने २३ असार २०८२, सोमबार १३:२०

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297