Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

प्रचण्डलाई पाँच बर्ष सरकार चलाउन दिए अहिलेको भन्दा राम्रो गर्नुहुन्छ : विप्लव

३ असार २०८१, सोमबार १८:१५
जनवाणी संवाददाता
जनवाणी

सोमबार, ०३ असार २०८१

काठमाडौँ –  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम सी विप्लवले पाँच वर्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकलौटी सरकार चलाउन दिए अहिलेको भन्दा धेरै राम्रो काम गर्ने जिकिर गरेका छन् । सोमबार शहीद तथा बेपत्ता परिवारले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्डलाई काम गर्न दिनुपर्ने अभिव्यक्ति दिएका हुन् ।

‘प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेको भन्दा राम्रोसँग चल्छ । उहाँलाई काम गर्न दिइएको छैन । एउटा रणनीति बनाएर दिनोस्’, प्रचण्डको समर्थन गर्दै विप्लवले भने, ‘उहाँलाई साँझ बिहानै कुर्सी बचाउन ठिक्क छ । पख दिउँला खालास भन्ने बाहेक केही गर्न पाएका छैनन् । तैपनि उहाँलाई तनाव छ । अर्थमन्त्रीले बजेट ल्याएका छन् । सरकारमै बसेकाे पार्टीले पनि ठिक छैन भनेको छ । हुँदाहुँदा आफ्नै पार्टीका मन्त्रीले समेत ठिक छैन भनेको छ । यस्तो तरिकाबाट कसरी चल्छ ?

साम्राज्यवादीको समर्थनमा दलालहरूले सत्ता हत्याएको देशमा निष्पक्ष न्यायको कामना गर्नु भनेको आफैँलाई धोका दिनु भएको उनले बताए । अहिलेको अवस्थामा प्रचण्डले चाहेर मात्रै केही गर्न नसक्ने विप्लवको निष्कर्ष छ ।

तत्कालीन विद्रोही माओवादी र सरकारबिच बराबरी सम्झौता नहुँदा माओवादीका कार्यकर्ता रोएर हिँड्नुपर्ने अवस्था आएको उनको टिप्पणी छ । 

Post navigation

ताप्लेजुङमा बाढी र पहिरोले २५ घरपरिवार विस्थापित
सरकार र ट्याङ्कर चालक सङ्घ बीच सहमति इन्धन आपूर्ति शुरु 

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश ३ असार २०८१, सोमबार १८:१५
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै ३ असार २०८१, सोमबार १८:१५
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति ३ असार २०८१, सोमबार १८:१५
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। ३ असार २०८१, सोमबार १८:१५
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै ३ असार २०८१, सोमबार १८:१५

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297