Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

छाउ गोठमा बसेकी किशोरी बलात्कृत,बेहोस अवस्थामा उद्धार

५ असार २०८१, बुधबार १८:३१
जनवाणी संवाददाता

 

 काठमाडौं –  पञ्चदेवल विनायक नगरपालिका–२ अछाम मा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन । बलात्कृत पछि १२ घण्टा वेहोस भएकी किशोरीको उद्धार गरी जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । अस्पताल श्रोतले करिब १२ घण्टा बेहोस भएको जनाएको छ । किशोरीको अस्पताल पुगेपछि उपचारका क्रममा ३ घण्टापछि होस आएको बताईएको छ ।

मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएकी हुन । बलात्कारमा संलग्न १७ बर्षिय मामा पर्ने किशोरलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताएका छन । स्थानीयवासीहरुले छारे रोगले बेहोस भएको हुन सक्ने भन्दै उद्धार कार्य ढिलो गरेका थिए ।

होसमा आएकी किशोरीले आफू राति २ बजे पिसाब फेर्न छाउगोठ बाहिर निस्केका बेला मामा नाता पर्नेले बलात्कार गरेको बताएपछि घटनाको रहस्य वाहिर आएको हो ।

पीडित किशोरीलाई मंगलबार दिउँसो करिब साढे १२ बजेतिर बेहोस अवस्थामा जिल्ला अस्पताल पुयाइएको थियो । जिल्ला अस्पताल अछामकी सूचना अधिकारी गंगा बुढा मगरले अस्पताल ल्याएको ३ घण्टापछि मात्रै पीडितलाई होस आएको बताएकी छन । अहिले प्रहरीले छाउगोठ समेत भत्काएको छ ।

सामाजिक रुपमा अन्धविश्वासको रुपमा रहेको छाउप्रथाका कारणले धेरै महिलाहरु महिनावारी भएको बेला वाहिर वस्ने चलनले बलात्कृत हुने मात्र होइन अकालमा ज्यान समेत गुमाउने गरेका छन ।

यसअघि पनि सुदूरपश्चिममा बलात्कृत भएर, निसासिएर, सर्पले टोकेर १४ जना महिला तथा किशोरीले छाउगोठमा ज्यान गुमाइसकेका छन । चार वर्षअघि मात्र साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २० वर्षीया पावर्ती बुढा रावतको छाउगोठमा निसासिएर मृत्यु भएको थियो ।

Post navigation

साम्राज्यवादी षड्यन्त्र रोक्न पत्रकार संगठनको बलियो एकता चाहिन्छ :बिप्लव
यस्तो गम्भीर कारण देखाएर मेलम्चीको पानी बन्द गरिदै

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश ५ असार २०८१, बुधबार १८:३१
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै ५ असार २०८१, बुधबार १८:३१
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति ५ असार २०८१, बुधबार १८:३१
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। ५ असार २०८१, बुधबार १८:३१
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै ५ असार २०८१, बुधबार १८:३१

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297