Skip to content
  • १३ कार्तिक २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

साम्राज्यवादी षड्यन्त्र रोक्न पत्रकार संगठनको बलियो एकता चाहिन्छ :बिप्लव

५ असार २०८१, बुधबार ०७:५८
जनवाणी संवाददाता
 

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवादी षड्यन्त्र रोक्न पत्रकार संगठनको बलियो एकता चाहिएको बताएका छन् ।
जनपत्रकार संगठन नेपालमा आवद्ध पत्रकारहरुसंग ललितपुरको हरिसिद्धि स्थित निवासमा मंगलवार भएको भेटघाटपछि कुरा गर्दै नेकपाका महासचिव विप्लव सीले पत्रकार संगठनको बलियो एकताले मात्र साम्राज्यवादी षड्यन्त्र परास्त पार्न सकिने बताएका हुन् ।
महासचिव विप्लवले क्रान्तिकारी कम्युनिष्ट तथा अग्रगामी शक्तिहरु विरुद्ध साम्राज्यवादी षड्यन्त्र तिव्र रुपमा आएको खुलासा गरे ।
उनले भने ‘साम्राज्यवादी षड्यन्त्रले नेपालका कम्युनिष्टहरुको एकता हुन नदिने षड्यन्त्र गरेकाे छ, बजेटका विषयमा सरकार पक्ष र विपक्ष सांसदहरुको तिव्र विरोध गरेका छन्, सरकार ढाल्ने खेल चलिरहेको छ, यो सबै अमेरिकी र भारतीय साम्राज्यवादीहरुको षड्यन्त्र मौलाइरहेको छ । एमसीसी कार्यान्वयन गर्न बाध्य पारेर राष्ट्रिय स्वाधीनतामाथि खतरा निम्त्याइदै छ, यी तमाम षड्यन्त्र विरुद्ध पत्रकारहरुले कलमको माध्यमबाट पर्दाफास गर्न जरुरी छ ।’
महासचिव विप्लवले नेपालमा साम्राज्यवादीहरुले समाजवादी मोर्चा गठन गरेको कुरा मन नपरेको भन्दै सामाजवादी मोर्चा विघठन गराउने षड्यन्त्र समेत गर्न लागेको आरोप लगाए । उनले माओवादी कम्युनिष्टहरुको एकता विना साम्राज्यवादी षड्यन्त्र परास्त पारेर नेपाललाई समाजवाद तिर लिन नसकिने जिकिर गरे ।
उनले नेकपा र माओवादी केन्द्र बीचको एकताको विषयमा बोल्दै माओवादी भित्र सुविधाभोगीहरु पार्टी एकता नचाहने र क्रान्तिकारी इमान्दार नेता कार्यकर्ताहरु पार्टी एकता छिटो चाहने जस्तो देखिएको बताए ।
महासचिव विप्लवले पार्टीले दिएको प्रचार मोर्चाको जिम्मेवारी तथा कार्यभारलाई सबै जनपत्रकारहरुले विना संकोच ढुक्क भएर काम गर्न निर्देशन दिए ।

Post navigation

सिद्धान्त र माओवादी नेताको बेपत्ता भयो बेपता योद्धा होइन : सुन्दरमणी
छाउ गोठमा बसेकी किशोरी बलात्कृत,बेहोस अवस्थामा उद्धार

ताजा खबर

  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य ५ असार २०८१, बुधबार ०७:५८
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प ५ असार २०८१, बुधबार ०७:५८
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित ५ असार २०८१, बुधबार ०७:५८
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने ५ असार २०८१, बुधबार ०७:५८
  • नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै ५ असार २०८१, बुधबार ०७:५८

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297