Skip to content
  • २९ मंसिर २०८२, सोमबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

स्याउँ रोप्न पुगेका विप्लवलाई जुम्लामा भव्य स्वागत

९ फाल्गुन २०८१, शुक्रबार २२:०१
जनवाणी संवाददाता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी लाई जुम्लाको हिमा गाउँपालिमा नेकपाका नेता कार्यकर्ता र स्थानीय जनताले भव्य स्वागत गरेका छन । स्याउ रोप्न जुम्लामा पुगेका बिप्लवले आफ्नो जीवनसाथी शोभा चन्दसहित केन्द्रीय कार्यालय टिमसँगै जुम्ला पुगेका छन् । जुम्लाको हिमा गाउँपालिका-७, धौलापानी यहि फागुन १० गते विप्लवले २ हजार स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गर्नेछन् ।

स्याउ रोप्ने कार्यक्रमको आयोजना नेकपा केन्द्रिय उत्पादन विभागले गरेको केन्द्रिय सदस्य अडिग सीले जानकारी दिए ।

हिजो राति विप्लवको टोली दैलेखको सदरमुकाम दुल्लु पुगेको थियो । उनको साथमा नेकपा स्थायी समिति सदस्य सन्तोष बुढा मगर ‘विषम सी’ पनि जुम्ला पुगेका छन्।

फागुन ७ गते बिहीबार रुकुम ससुराली गाउँबाट तय भएको विप्लव सीको यात्रा जाजरकोट हुँदै दैलेख दुल्लु पुगेका थिए छ । यात्राको क्रममा विप्लव सीको टोलीलाई आफ्ना नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले अभिनन्दन गरेको अडिगले जानकारी दिए ।

त्यसैगरी फागुन १२ गते कालिकोट जिल्ला तिलागुफा नगरपालिका ३ फोईमाहादेब १५ सय स्याउ रोप्ने कार्यक्रम रहेको छ । फागुन १४ गते शहिद सप्ताहको पहिलो दिन कालिकोट जिल्ला रास्कोट नगरपालिका ५ आरसीपी बजारमा बृहत जनसभा हुने र उक्त जनसभालाई विप्लवले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।

नेकपाको त्रिवेणी साझेदारी भेडाफर्म फागुन १६ गते उद्घाटन कार्यक्रम रहेको छ । कालिकोटको नरहरीनाथ गाउँपालिका ५ रुप्सामा विप्लवले नै फर्मको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । करिव २० लाखको लगानीमा १ सय ३५ भेडाहरु फर्ममा रहेको नेकपा स्रोतले जनाएको छ ।

Post navigation

जनसाँस्कृतिक महासंघका कलाकारद्वारा समाजवादको लागि साँस्कृतिक अभियान थालनी
कांग्रेस र एमालेलाई अन्तर्राष्ट्रियमा ठग भने : प्रचण्ड

ताजा खबर

  • अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते ९ फाल्गुन २०८१, शुक्रबार २२:०१
  • विदेशी हस्तक्षेप रोक्ने हामीसँग ब्यालेस्टिक मिसाइलवाला तागत छैन : प्रचण्ड ९ फाल्गुन २०८१, शुक्रबार २२:०१
  • जेनजी र सरकारबिच सम्झौता : आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा ९ फाल्गुन २०८१, शुक्रबार २२:०१
  • चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो ९ फाल्गुन २०८१, शुक्रबार २२:०१
  • विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइलमा ९ फाल्गुन २०८१, शुक्रबार २२:०१

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297