Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

कांग्रेस र एमालेलाई अन्तर्राष्ट्रियमा ठग भने : प्रचण्ड

१० फाल्गुन २०८१, शनिबार १८:२८
जनवाणी संवाददाता

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष दाहालले अहिले देशमा राजनीतिक परिस्थिति चुनौतिपूर्ण रहेको दाबी गरे । उनले सरकारको उपलब्धि दिनप्रतिदिन नराम्रो हुँदै गएको र जनतामा सरकारप्रति आक्रोश र असन्तुष्टि पोखिँदै गएको बताए । उनले सरकारप्रतिको आक्रोश र असन्तुष्टिलाई लिएर पूर्वराजा शाहले पुनरागमन गर्न भन्दै दिवा स्वप्ना देख्ने गरेको बताए ।

उनले सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरुले आफ्नो आफ्नो हिसावले प्रयोग गर्ने कोशिस गरिरहेको बताए ।

उनले भने, ‘अहिले देशमा राजनीतिक परिस्थिति अलि चुनौतिपूर्ण नै छ । आजै पनि तपाईंले मिडियामा हेर्नुभयो होला सरकारको पर्फमेन्स दिनप्रतिदिन नराम्रो हुँदै गएको छ, जनतामा दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ । सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरुले आफ्नो आफ्नो हिसावले प्रयोग गर्ने कोशिस पनि गरिरहेका छन् ।

मलाई लाग्छ तपाईंहरु सबैले यो कुरालाई महशुस गरिरहनुभएकै छ । अझ त्यसमा पनि इतिहासमा इतिहासको एउटा रछ्यानमा मिल्क्याइएका तत्वहरु पनि फेरि एकचोटी पुनरागमन हुने हो की भन्ने दिवा स्वप्नमा छन् र त्यस खालका प्रचारबाजीहरु पनि भइरहेका छन् ।
अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय संघ संस्थाले नेपाली कांग्रेस र नेकपा एमालेलाई तोकेरै ठगहरु हुन् भनेको आरोप लगाए । उनले अहिले देश ग्रे लिस्टमा पर्न लागेको र भ्रष्टाचारमा अग्रणी भएको बताए । सरकारलाई सिधै अन्तर्राष्ट्रिय संघ संस्थाले अपमानजनक ढंगले सरकार भ्रष्टाचारमा लिप्त भनेको पनि बताए ।

अध्यक्ष दाहालले भने, ‘अहिले फेरि नेपाल आर्थिक रुपले ग्रे लिस्टमा र भ्रष्टाचारमा अग्रणी भएको छ । सरकारलाई सिधै अन्तर्राष्ट्रिय संघ संस्थाले बढो अपमानजनक ढंगले सरकार भ्रष्टाचारमा लिप्त छ । ठगहरु हुन् यि पार्टीहरु भनेर काँग्रेस र एमालेलाई त ताकेर नै भनेको पनि तपाईं हामीले देखिरहेका छौँ ।’

Post navigation

स्याउँ रोप्न पुगेका विप्लवलाई जुम्लामा भव्य स्वागत
आत्मनिर्भरको लागि हामीले उत्पादनलाई अघि बढाउनु पर्छ : बिप्लव

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश १० फाल्गुन २०८१, शनिबार १८:२८
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै १० फाल्गुन २०८१, शनिबार १८:२८
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति १० फाल्गुन २०८१, शनिबार १८:२८
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। १० फाल्गुन २०८१, शनिबार १८:२८
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै १० फाल्गुन २०८१, शनिबार १८:२८

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297