Skip to content
  • २९ मंसिर २०८२, सोमबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

जनसाँस्कृतिक महासंघका कलाकारद्वारा समाजवादको लागि साँस्कृतिक अभियान थालनी

९ फाल्गुन २०८१, शुक्रबार १६:५६
जनवाणी संवाददाता

काठमाडौ – अखिल नेपाल जनसाँस्कृतिक महासंघ अन्तर्गत सामना कलाकारले समाजवादका लागि साँस्कृतिक अभियान थालनी गरेको छ।गित,नृत्य , संगीत, अपेरा, नाटक लगायतका कलाका माध्यमद्वारा जनजागरण सिर्जना गर्ने उदेश्यले अभियान सञ्चालन गरेको सामना कलाकारका संयोजक आरोहले बताए ।

“देशमा अहिले आर्थिक राजनीति संकट र चुनौती थपिएका छन् , जनतामा असन्तुष्टि, आक्रोश र पीडा छ, समस्याहरुको मसिनो बिष्लेषण गर्दा यसको अन्तरसम्बन्ध विद्यमान व्यवस्था र शासकहरुसंग जोडिएको प्रष्ट देखिन्छ”- “संयोजक आरोह भन्छन् – “जनताले पटकपटक आन्दोलन र बलिदान गरे तर उनीहरुको दैनिकी र चुलो बदलिएन, खाली शासकहरुको शक्ति र सम्पत्ति मात्रै थपिदैछ, के यो अवस्था बदलिनु पर्दैन ?”

युवाहरुको बिदेश पलायनता,महङ्गी, भ्रष्टाचार, बेरोजगार, अराजकता र कुशासन अहिलेको दलाल पुँजीवादी उत्पादन सम्बन्धको गलत परिणाम भएकोले यसको विकल्प अपरिहार्य भएको भन्दै संयोजक आरोह अब पुरानो व्यवस्थाबाट देश चल्न नसक्ने र नेपाली बिशेषताको समाजवादको लागि नागरिकलाई सुसूचित गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउछन् ।

समाजवादबिना देशमा बिकास ,निकास र स्थायित्व असंभब हुने र त्यसका लागि कलाको माध्यमबाट देशव्यापी कार्यक्रम गरि व्यवस्था परिवर्तनको पक्षमा जनमत निर्माण गर्नु अभियानको उदेश्य भएको उनको भनाइ छ।

समाजवादका लागि सामना सांस्कृतिक अभियान अन्तर्गत प्रदेश न १ इलामको इलामचोक बजार ,झापाको बिर्तामोड र हिमालीचोक,मोरङको बिराटनगर,सुनसरीको इटहरी तथा उदयपुरको गाइघाट र कटारीमा कार्यक्रम सम्पन्न भैसकेका छन् ।

अभियानमा पूर्वमन्त्री तथा वरिष्ठ जनवादी कलाकार मणी थापा, वरिष्ठ श्रस्ठा माइला लामा,कलाकार रमण थामी लगायत गायक र नृत्यकारहरुको सहभागिता रहेको छ।

सांस्कृतिक कार्यक्रम मार्फत देशको समस्याको प्रमुख कारण नेपालमा पश्चिमा शैलीको संसदीय व्यवस्था भएको,नेपालको मौलिकता, बिबिधता र आवश्यकता अनुसारको लोकतन्त्र स्थापना हुन नसकेकोले अब समाजवाद मार्फत उक्त खाँचो पूरा गर्न प्रगतिशील शक्ति र व्यक्तिबिच सहकार्य र एकतामा जोड दिइएको छ।

Post navigation

अखिल(समाजवादी) द्वारा केआईआईटी कलेजले नेपाली विद्यार्थीमाथि गरेको दुर्व्यवहारविरुद्ध प्रदर्शन
स्याउँ रोप्न पुगेका विप्लवलाई जुम्लामा भव्य स्वागत

ताजा खबर

  • अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते ९ फाल्गुन २०८१, शुक्रबार १६:५६
  • विदेशी हस्तक्षेप रोक्ने हामीसँग ब्यालेस्टिक मिसाइलवाला तागत छैन : प्रचण्ड ९ फाल्गुन २०८१, शुक्रबार १६:५६
  • जेनजी र सरकारबिच सम्झौता : आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा ९ फाल्गुन २०८१, शुक्रबार १६:५६
  • चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो ९ फाल्गुन २०८१, शुक्रबार १६:५६
  • विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइलमा ९ फाल्गुन २०८१, शुक्रबार १६:५६

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297