Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

भूकम्प पीडितलाई प्रचण्ड सरकारले नदिएको राहत ओली सरकारले पठायो : शर्मा

२ फाल्गुन २०८१, शुक्रबार २०:०८
जनवाणी संवाददाता

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले कर्णालीका भूकम्प पीडितलाई राहत नदियको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आरोप लगाएका छन् ।

माओवादी जनयुद्धको ३०औं वार्षिकोत्सवका अवसरमा बिहीबार रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित कार्यक्रममा शर्माले प्रचण्ड नेतृत्वको सरकारले भूकम्प प्रभावितलाई घर बनाउन ५ लाख दिने भनेर झुक्याएको बताए ।

तर, वर्तमान सरकारले भने पीडितलाई पैसा दिने भएको शर्माको भनाइ थियो । अघिल्लो सरकारले ५ लाख दिने भनेर नदिएको र अहिलेको सरकारले एक लाख घटाएर ४ लाख दिन लागेको शर्माले उल्लेख गरे । ‘हाम्रै नेतृत्वको अघिल्लो सरकारले ५ लाख दिने भनेर झुक्याएछ । निर्णय गरेको भनियो तर कतै पनि भेटिएन’, शर्माले भने, ‘अहिलेको सरकारले ४ लाख दिने निर्णय गरेको छ । एक लाख घटेर आए पनि अब पीडितले घर बनाउने पैसा पाउने भएका छन् ।

शर्माले छिमेकी जिल्ला जाजरकोटका नेता शक्ति बस्नेत मन्त्री भए पनि भूकम्प पीडितले राहत नपाएको टिप्पणी गरे । ‘पहिले पनि हामीले हारगुहार नगरेको होइन । हाम्रो वरिपरिका मन्त्री पनि थिए, तर केही भएन’, शर्माले भने, ‘अहिलेको सरकारले कमसेकम कार्यविधि टुंग्याएको छ । केही बजेट आएको छ, अब काम गर्न सकिने भएको छ ।’

Post navigation

निस्वार्थ बलिदानीपूर्ण जनताले अधिकारको लागि संकघोस गरेको दिन हो जनयुद्ध : प्रकाण्ड
नेकपा कालीकोटले गर्यो राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश २ फाल्गुन २०८१, शुक्रबार २०:०८
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै २ फाल्गुन २०८१, शुक्रबार २०:०८
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति २ फाल्गुन २०८१, शुक्रबार २०:०८
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। २ फाल्गुन २०८१, शुक्रबार २०:०८
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै २ फाल्गुन २०८१, शुक्रबार २०:०८

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297