Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

निस्वार्थ बलिदानीपूर्ण जनताले अधिकारको लागि संकघोस गरेको दिन हो जनयुद्ध : प्रकाण्ड

२ फाल्गुन २०८१, शुक्रबार ११:४३
जनवाणी संवाददाता

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले जनयुद्ध जनताले अधिकारका लागि निस्वार्थ ढङ्गले गरेको बलिदानीपूर्ण आन्दोलन भएको बताएका छन् ।

जनयुद्धलाई हेर्ने र बुझ्ने कुराधमा संसदवादी पार्टीहरुको द्वैत चरित्र देखिएता पनि हाम्रो नजरमा जनयुद्ध जनताले आफ्नो अधिकारका लागि निस्वार्थ ढङ्गले गरेको बलिदानीपूर्ण आन्दोलन रहेको उनलेे बताए ।
जनयुद्धको ३० औं बर्ष प्रवेशको सन्दर्भमा नेकपा काठमाडौ जिल्ला समितिले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् ।

“माओवादी जनयुद्ध जनताले आफ्नो अधिकारका लागि निस्वार्थ ढङ्गले गरेको बलिदानीपूर्ण आन्दोलन हो, जनयुद्धले गर्दा नै राजतन्त्र र सामन्तवाद ढलेर गणतन्त्र आएको हो”-प्रवक्ता प्रकाण्डले भने- ” जनयुद्धले स्थापित गरेका उपल्ब्धीहरुको उपभोग गर्ने तर जनयुद्धलाई हिंसात्मक भन्ने कुरा संसदवादी पार्टीका नेताहरुको दोहोरो चरित्र हो ।”
शुभकामना आदानप्रदानको क्रममा प्रवक्ता प्रकाण्डले नेपालमा जनयुद्ध नभएको भए देशमा अहिले पनि राजतन्त्र र सामन्तवाद सत्तामा रहिरने र संसदवादी पार्टीहरु राजासङ्ग घाँटी जोडेर जनतामाथी शासन गरिरहेका हुन्थे भन्दै जनयुद्ध नेपाली इतिहासको सबभन्दा उच्च र गौरवशाली विद्रोह भएको बताए ।

कैयौं सहयोद्दा, आफन्त र कमान्डरहरु गुमाएर आएको माओवादीका लागि फागुन १ गते निकै संवेदनशील र भाबुक क्षण भएको उल्लेख गर्दै उनले यदि समाजमा जबर्जस्त शोषण र दमनको शासन थुपार्ने गरिन्छ भने त्यसविरुद्ध जनताले विद्रोह गर्न सक्छन् र पाउँछन् भन्ने कुरा जनयुद्धले गर्दा नै स्थापित हुन पुगेको प्रकाण्डको भनाइ थियो ।

Post navigation

जनयुद्ध दिवस’ मनाउन ३ दर्जन पालिकामा सार्वजनिक बिदा सर्वोच्चको आदेशविपरीत
भूकम्प पीडितलाई प्रचण्ड सरकारले नदिएको राहत ओली सरकारले पठायो : शर्मा










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २ फाल्गुन २०८१, शुक्रबार ११:४३
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २ फाल्गुन २०८१, शुक्रबार ११:४३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २ फाल्गुन २०८१, शुक्रबार ११:४३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २ फाल्गुन २०८१, शुक्रबार ११:४३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २ फाल्गुन २०८१, शुक्रबार ११:४३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297