Skip to content
  • १ पुष २०८२, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

अखिल(समाजवादी) द्वारा केआईआईटी कलेजले नेपाली विद्यार्थीमाथि गरेको दुर्व्यवहारविरुद्ध प्रदर्शन

८ फाल्गुन २०८१, बिहीबार १०:३०
जनवाणी संवाददाता

काठमाडौँ – नेपाली विद्यार्थीमाथि कलेज प्रशासनले दुर्व्यवहार गरेको भन्दै र भारतको ओडिसास्थित केआईआईटी कलेजमा भएको नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युको छानबिनको माग गरिरहेका विद्यार्थीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नेपाली विद्यार्थीलाई अपमान र दुर्व्यवहार गरेकोले त्यस विरुद्ध प्रदर्शन गरेको अखिल (समाजवादी)का उपाध्यक्ष ललित सीले जानकारी दिएका छन् ।

अखिल (समाजवादी) ले उक्त कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले घटनाको छानवीनको माग गर्नु स्वभाविक अधिकार भएको भन्दै उनीहरुलाई निस्कासन गर्नु गम्भीर विषय भएको जनाएको छ ।

विराेध प्रदर्शनमा अखिल (समाजवादी)का उपाध्यक्ष ललित सीले घटनाको निष्पक्ष छानबिन गरी दाेषीलाई कडा कारबाही हुनुपर्ने, नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कलेज प्रशासनका कर्मचारीलाई कडा कार्वाही हुनुपर्ने र होस्टेलबाट अपमानजनक व्यवहार गर्दै निष्कासन गरिएका सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई स-सम्मान होस्टेल फिर्ता गराई पठनपाठनको व्यवस्था गरिनुपर्ने आफूहरुको माग रहेको बताए ।

कार्यक्रममा बोल्दै अखिल (समाजवादी) का सचिवालय सदस्य तारा सञ्ज्यालले संसारभर नेपाली छात्राहरु असुरक्षित रहेकोले राज्यले गम्भीरतापूर्वक समस्या समाधान गर्न पहल गर्नुपर्ने बताइन् ।

Post navigation

नेपालमा अमेरिकी एमसिसी परियोजना रोकियो
जनसाँस्कृतिक महासंघका कलाकारद्वारा समाजवादको लागि साँस्कृतिक अभियान थालनी

ताजा खबर

  • सुरक्षा र प्रशासन प्रमुखहरूले जाँचबुझ आयोगमा दिए एकनासको बयान  ८ फाल्गुन २०८१, बिहीबार १०:३०
  • अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते ८ फाल्गुन २०८१, बिहीबार १०:३०
  • विदेशी हस्तक्षेप रोक्ने हामीसँग ब्यालेस्टिक मिसाइलवाला तागत छैन : प्रचण्ड ८ फाल्गुन २०८१, बिहीबार १०:३०
  • जेनजी र सरकारबिच सम्झौता : आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा ८ फाल्गुन २०८१, बिहीबार १०:३०
  • चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो ८ फाल्गुन २०८१, बिहीबार १०:३०

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297