Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेपालमा अमेरिकी एमसिसी परियोजना रोकियो

६ फाल्गुन २०८१, मंगलवार २०:५५
जनवाणी संवाददाता

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार नेपालमा अमेरिकी सहायताका परियोजना र कार्यक्रम ९० दिनका लागि रोकिए पनि एमसिसीले भने निरन्तरता पाउने जनाइएको थियो। तर एमसिसीले गत फागुन २ गते इ-मेलमार्फत् उक्त परियोजना रोकिएको जनाएको अर्थ मन्त्रालयले बताएको छ।

‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशनले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसिसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको छ,’ अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एमसिसी अमेरिकी सरकारबाट ५० करोड अमेरिकी डलर अनुदान सहयोग प्राप्त गर्ने योजना हो।

उक्त अनुदान नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतमा खर्च गर्ने उल्लेख गरिएको छ।

एमसिसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा खर्च गर्ने योजना थियो। यस अन्तर्गत ठेक्का प्रक्रिया समेत भएका छन्।

Post navigation

सम्पत्ति शुद्धीकरण मुद्दा रामबहादुर बमजनविरुद्ध मुद्दा दायर
अखिल(समाजवादी) द्वारा केआईआईटी कलेजले नेपाली विद्यार्थीमाथि गरेको दुर्व्यवहारविरुद्ध प्रदर्शन










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ६ फाल्गुन २०८१, मंगलवार २०:५५
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ६ फाल्गुन २०८१, मंगलवार २०:५५
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ६ फाल्गुन २०८१, मंगलवार २०:५५
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ६ फाल्गुन २०८१, मंगलवार २०:५५
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ६ फाल्गुन २०८१, मंगलवार २०:५५

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297