काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले सी जातिलाई कानुनी मान्यता दिन माग गर्दै २ लाख हस्ताक्षर बुझाएको छ । बिहीबार युवा संगठन नेपालका अध्यक्ष दिनेश सीको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई २ लाख हस्ताक्षरसँगै ज्ञापनपत्र बुझाएको हो
जेष्ठ १५ देखि १८ गतेसम्म देशैभर चलेको हस्ताक्षर अभियानबाट संकलित २ लाख भन्दाबढी हस्ताक्षरसहित ज्ञापनपत्र लिएर दिनेश सीको नेतृत्वमा युवाको टोली बालुवाटार पुगेको थियो ।
युवा संगठनले बुझाएको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले जातिय व्यवस्था उन्मुलन गरेर सबै जातजाति भाषाभाषीहरुलाई कानुनी मान्यतासहित सी जातिको निर्माण गर्ने विचार आफैमा अग्रगामी कम्युनिस्ट साम्यवादी विचार भएको र यो अहिलेको परिप्रेक्ष्यमा विल्कुलै नयाँ विचार भएको भन्दै प्रसंसा गरेको संगठनका अध्यक्ष दिनेश सीले बताय ।