Skip to content
  • १३ असार २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपा काठमाडौँ महानगर समितिले बौद्धमा गर्यो ६५ सदस्सीय खुद्रा ब्यापार संघर्ष समिति गठन

२५ जेष्ठ २०८१, शुक्रबार २०:४३
जनवाणी संवाददाता

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ महानगरपालीका वडा नम्बर ६ बुद्ध पार्कमा खुद्रा ब्यापारीहरुको भेलाबाट ६५ सदस्सीय खुद्रा ब्यापार संघर्ष समिति गठन भएको छ।

सुक्रबार दिपक दाहालको नेतृत्वमा ६५ सदस्सीय खुद्रा ब्यापार संघर्ष समिति गठन भएको हो। आलु, रोटी तरकारी, व्यवसायी चिया बुद्धचित्त माला, कपडा व्यवसायी गार्मेन्ट व्यवसायीहरुलाई काठमाडौँ महानगरले बिना विकल्प ब्यापार गर्नबाट बन्चित गरेपछि उनीहरुको रोजीरोटी रक्षाका लागि संघर्ष समिति गठन गरिएको नेकपा महानगर इन्चार्ज डीआर सीले जानकारी दिए। जुन बौद्ध सर्कलभित्रका मात्र ब्यापारी हुन्।

भेलाका प्रमुख अतिथी समेत रहेका महानगर इन्चार्ज डीआर सीले दलाल संसदीय व्यवस्थाका कारण राष्ट्रिय उद्द्योगपती र आफ्नो रोजीरोटी टार्न सानो खर्चमा व्यवसाय गरिरहेका खुद्रा व्यवसायीहरु संकटमा परेको बताए।
उनले भने, ‘नेपालमा जवसम्म यो दलाल संसदीय व्यवस्था रहन्छ तवसम्म आम जनता ब्यापारी राष्ट्रिय पुजिपतीहरुले यस्ता संकटको सामना गरिराख्नु पर्छ यसको समाधानको एकमात्र विकल्प भने नेपाली विशेसताको समाजवाद हो ,जसले हरेकखाले शोषण उत्पीडनको अन्त्य गर्दै आम श्रमिकहरुको हित हुन्छ।’ उनले यदी नेपाललाई र नेपाली जनताहरुलाई दलाल पूजीवादको दवदबाबाट मुक्त गर्ने हो भने तपाइहरु जस्ता लाखौँ उत्पीडित जनताहरुको साथबिना सम्भव नहुने भन्दै व्यवसायीहरुलाई आन्दोलनमा साथ दिन आग्रहसमेत गरे।

उनले आफ्नो रोजीरोटी टारीरहेका व्यवसायीहरुलाई कि त राज्यले रोजगारी दिनुपर्ने होइन भने सहज रुपमा व्यवसाय गर्न दिनुपर्ने माग गरे।


भेलाको अध्यक्षता तथा संचालन नेकपाका जिल्ला समिति सदस्य सलाम सीले गरेका थिए भने भेलाबाट निर्वाचित सबै सदस्यहरुले आफ्नो परिचयसहित आफ्नोमात्र नभई सम्पूर्ण खुद्रा व्यापारीको पक्षमा निरन्तर लडिरहने प्रतिवद्धता जनाएका थिए।

 

 

Post navigation

युवा संगठन नेपालले सी जातिको कानुनी मान्यताको मागगर्दै प्रधानमन्त्रीलाई लाख बुझायो दुई लाख हस्ताक्षर
स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरबाट एक सुत्केरी महिलाको उद्धार










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २५ जेष्ठ २०८१, शुक्रबार २०:४३
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २५ जेष्ठ २०८१, शुक्रबार २०:४३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २५ जेष्ठ २०८१, शुक्रबार २०:४३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २५ जेष्ठ २०८१, शुक्रबार २०:४३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २५ जेष्ठ २०८१, शुक्रबार २०:४३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297