काठमाडौं – प्रधानन्यायाधीशमा नवनियुक्त प्रकाशमानसिंह राउतले आइतबार मात्रै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त प्रधानन्यायाधीश राउतलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । आइतबार मात्रै राष्ट्रपति पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।
यसअघि राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।