काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले काठमाडौंको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नयाँ शैलीबाट चुनाव प्रचार गर्ने भएको छ । माओवादीको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका धनराज शाहीले चुनाव प्रचारको नयाँ शैली अपनाउँदै डेउडा खेल लगाउने भएका छन् ।
शाहीले कर्णाली र सुदरपश्चिमको पहिचानका रुपमा रहेको डेउडा संस्कृतिलाई काठमाडौंमा चुनाव प्रचारको हतियार बनाएका छन् । कालिकोटमा जन्मिएका शाहीले फागुन ४ गते नयाँ बानेश्वरको पिपलबोटमा देउवा खेल आयोजना गरेका छन् ।
शाहीले चुनाव प्रचारका लागि निर्वाचन विशेष देउवा संस्कृतिक कार्यक्रमको आयोजना गरिएको जनाएका छन् । मंगलबार दिउसो १२ बजेबाट सुरु हुने कार्यक्रममा चर्चित कलाकारदेखि देउवा खेलाडीको सहभागीता रहने छ । काठमाडौं १ नानिमैया दाहाल, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, गणेशमान सिंह लगायत चर्चित हस्तिहरुको निर्वाचन क्षेत्र हो ।
यो क्षेत्रबाट अहिले रास्वपाबाट रन्जु दर्शना, राप्रपाबाट रविन्द्र मिश्र, नेपाली कांग्रेसबाट प्रवल थापा क्षेत्री, एमालेबाट महोनराज रेग्मी, नेकपाबाट मेनुका भण्डारीसहित २९ जना चुनावी मैदानमा छन् ।