Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

विद्रोही जन्माउने प्रदेश सुदूरपश्चिम हो – विप्लव

८ माघ २०८१, मंगलवार २१:०२
जनवाणी संवाददाता

काठमाडौ – सुदूरपश्चिम विद्रोही जन्माउने प्रदेश भएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बताएका छन ।

मंगलबार कैलालीको धनगढीमा आयोजीत सुदूरपश्चिम प्रदेश स्तरिय बैचारिक,राजनैतिक ,प्रशिक्षण कार्यक्रम्मा बोल्दै महासचिव विप्लव सीले यस्तो बताएका हुन । सुदूरपश्चिम प्रदेशले भिम दत्त पन्त देखि जनयुद्ध र एकिकृत जनक्रान्तीका लागी थुप्रै विद्रोहीहरु जन्माएको छ । महान सहीदहरुको रगतले सिचित सुदूरपश्चिम प्रदेशमा अझै थुप्रै विद्रोहीहरु जन्मदै छन । उनले भने , देश अझै स्वाधीन बन्न नसकेको बताउदै महासचिव विप्लवले राष्ट्रिय स्वाधीनता र जनताका पक्षमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । देश साम्राज्यबादीहरुको अखाडा बन्न सक्ने खत्रा मडारिएको बताउदै उनले देशलाई स्वाधीन र नेपाली जनतालाई आत्म निर्भर बनाउन साम्राज्यबादीहरुसंग लड्दै आएको बताए । साम्राज्यबाद र दलाल पूजीबादका विरुद्ध आन्दोलन गर्दै समाजबादका लागी पार्टी र नेता कार्यकर्ताहरु जिम्मेवार बन्नु पर्ने बताउदै महासचिव विप्लवले समाजबादका लागी श्रमीक जनसमुदाय एकजुट हुनु पर्ने बताए । जनताको काखमा बास गर्ने पार्टी र आमाको बाखमा बास गर्ने सन्तान कहिल्यै नहार्ने बताउदै उनले कम्युनिष्टहरुले जनताको काखमा बास गर्न सक्नु पर्ने बताए ।

महासचिव विप्लवले समाजबाद सत्तामा नभए पनि अबशेष देखिने गरेको बताउदै दलाल पूजीबाद सत्तामा हावी भएकाले त्यसका विरुद्ध संघर्ष आवश्यक भएको बताएका छन ।

दलाल पूजीबाद नेपाली जनताको पक्षमा नभएको बताउदै महासचिव विप्लवले समाजबादका लागी संघर्ष गर्नु पर्ने बताए । देशमा सबै समाजबादी बन्दै गएको बताउदै उनले जनतालाई समाजबाद बारे बुझाउदै जानु पर्ने बताए । जनताका समस्याका विषयमा नेपाल कम्युनिष्ट पार्टी सधै अग्र स्थानमा रहेको बताउदै महासचिव विप्लवले सुकुम्बासीकहरुका घर भत्काउने देखि राष्ट्रका हित विपरित गरिने सबै खाले सँन्धी सम्झौताका विरुद्ध आवाज उठाउदै आएको बताएका छन ।

आत्मनिर्भरता, स्वाधीनता र सम्पन्नताका लागी पार्टी उत्पादनमा जोडीएको बताउदै महासचिव विप्लवले ठुलो आधीबेहोरी आए पनि थेग्न सक्नेगरी पार्टी बलीयो बनेको बताए । पार्टीले आफ्रनै उत्पादन ब्यार ब्याबसाय उद्योग चलाउदै आएको बताउदै उनले माघ १४ गते काठमाण्डौमा सि ब्यापार केन्द्रको उद्घाटन गर्ने बताए । देश बलीयो बन्न सकेन भने ब्याक्ति जती बलीयो भए पनि अर्थ नराख्ने बताउदै उनले देश बलीयो बनाउन उत्पादन र उद्योग धन्दाको विकास गरिनु पर्ने बताए । पार्टीले नयाँ सस्कृती सि संस्कृतीकोविकास गर्दै गएको बताउदै उनले कम्युनिष्ट देशहरुमा यसको चर्चा चुलीदै गएको बताए । साँस्कृतीक संघर्षमा जित्न नसके राजनैतिक संघर्ष जीत्नुको अर्थ नहुने बताउदै महासचिव विप्लवले संस्कृतीको विकास गर्दै अगाडी बढ्नु पर्ने बताएका छन ।

संसारका कुनै पनि युद्धहरु कम्युनिष्टका कारण नभई पूजीबादका कारण भएको बताउदै उनले सच्चा कम्युनिष्टहरुले एकजुट हुनु पर्ने बताए । उनले नेपाल कम्युनिष्ट पार्टी आर्थिक,सामाजीक,राजनैतिक, साँस्कृतीक र संगठनात्मक रुपमा सबै भन्दा अगाडी भएको बताउदै नेता कार्यकर्ताहरुले जनताका विचमा रहेर जनताका कामहरु गर्नु पर्ने बताएका छन । ८४ मा हुने निर्बाचनमा सबै क्षेत्रबाट उम्मेदारी दिएर निर्बाचनमा जाने पार्टीले निर्णय गरेको बताउदै उनले विचको समय जनताका लागी खर्च गर्नु पर्ने बताए ।

पार्टीका स्थायी समिति सदस्य रणवीर सिको अध्यक्षताम सम्पन्न कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रिय सदस्य समरले गरेका थिए भने उपश्थित नेता कार्यकर्ताहरुलाई स्वागत पोलीटब्युरो सदस्य विकल्प सिले गरेका थिए । पार्टीका पोलीट ब्युरो सदस्य असल सिले सम्बोधन गरेका थिए ।

स्थायी समिति सदस्य रणविरले रचना र सृजनाको माध्यामबाट एकिकृत जनक्रन्तीलाई सम्पन्न गर्नु पर्ने बताउदै सकिदै गएको कम्युनिष्टलाई नेकपाले बचाउनु पर्ने जिम्मेवारी थपीएको बताए । उनले सुदूरपश्चिम क्रान्तिको उर्बर भूमी भएको बताउदै अझै मलजलगरी क्रान्तीकारीहरु जन्माउन असल कार्यहरु गर्दै जानु पर्ने बताए । त्यसैगरी कार्यक्रम्मा विभिन्न पार्टीबाट एकदर्जन नेता कार्यकर्ताहरुले पार्टी प्रबेश गरेका छन । डोटीको दीपायल सिल्गढी नगरपालीकाका पूर्ब उपमेयर नेकपाएमालेका प्रेम बहादुर शाहले देश र जनाताको हीतमा काम गनैृ एक मात्र पार्टी विप्लव नेर्तत्वको नेकपा भएकाले जनताको सेवा गर्न नेकपा प्रबेश गरेको बताए ।

Post navigation

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान
भूमिहीन सुकुम्वासीलाई सरकारले निःशुल्क जग्गा दिने










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ८ माघ २०८१, मंगलवार २१:०२
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ८ माघ २०८१, मंगलवार २१:०२
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ८ माघ २०८१, मंगलवार २१:०२
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ८ माघ २०८१, मंगलवार २१:०२
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र ८ माघ २०८१, मंगलवार २१:०२

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297