Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

सुदर्शनका पद्चाप पच्छ्याउनु नै उहाँप्रतिकाे सच्चा श्रद्धाञ्जली हुन्छ’

१३ माघ २०८१, आईतवार ०७:२८
जनवाणी संवाददाता

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बरिष्ठ पत्रकार तथा जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य सुदर्शनराज पाण्डेका पद्चाप पच्छ्याउनु नै उहाँप्रतिकाे सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । सिजन सुदर्शन स्मृति ग्रन्थ “पिता पुत्र” लाेकार्पण गर्दै उनले यस्ता बताएका हुन् ।

शनिबार पर्साकाे वीरगंजमा आयाेजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव राख्दै विप्लवले सुदर्शनले समाजमा शाझा चरित्र स्थापित गरेकाले उहाँको याेगदानकाे कदर गर्नुपर्नेमा काेष दिए ‌। उनले जनयुद्ध सहिद सिजनकाे सालिक ताेडफाेड गरेकाे विषयमा दुख व्यक्त गर्दै सालिक पुननिर्माणका लागि पार्टीले पहल गरिरहेको समेत जानकारी दिए ।

विप्लवले नेपाल पत्रकार महासंघले स्थापना गर्ने सुदर्शन अक्षय कोषमा पार्टीले‌ पनि याेगदान गर्ने बताए । उनले आफ्नो पार्टीले सी संस्कृति अन्तर्गत नयाँ संस्कृति विकास गर्दै विभिन्न शीर्षकमा अक्षय काेष स्थापना गर्ने परम्परा चलाएकाे भन्दै महासंघ पर्साले स्थापना गर्ने काेषमा पार्टी केन्द्रीय समितिकाे याेगदान हुने बताए ।
कार्यक्रममा नेकपा स्थायी समिति सदस्य अनिल सीले पुस्तकका बारेमा प्रकाश पारेका थिए । सुदर्शनमाथि लागेका थुप्रै आराेपकाे खण्डन गर्दै सुदर्शन गतिशील व्यक्तित्व भएकाे भन्दै व्याख्या गरेका थिए ।
मधेस विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जाडे, सुदर्शन पाण्डेका भाई श्यामराजा पाण्डे, तुलसी भण्डारी, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव विजय चाैहान, मध्य नेपाल साप्ताहिककी सम्पादक कविता खड्का, भाैतिकवादी समाज नेपालका संयाेजक वैधनाथ श्रमजीवि लगायतले सुदर्शनकाे व्यक्तित्वको चर्चा गरेका थिए ।

जनप्रचार तथा प्रकाशन विभागका प्रवन्धक निर्देशक सन्जिव सीकाे अध्यक्षतामा चलेकाे सिजन सुदर्शन स्मृति ग्रन्थ लाेकार्पण कार्यक्रमकाे सन्चालन विभागका सदस्य प्रकाश डुम्रेले गरेका थिए भने उपस्थित सबैलाई विभागका सदस्य शाेभराज बरालले स्वागत गरेका थिए । -शाेभराज बराल

Post navigation

वार्ताका लागि युक्रेनी विषयमा तयार छौँ – पुटिन
सत्तारुढ दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले गरे छलफल










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १३ माघ २०८१, आईतवार ०७:२८
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १३ माघ २०८१, आईतवार ०७:२८
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १३ माघ २०८१, आईतवार ०७:२८
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १३ माघ २०८१, आईतवार ०७:२८
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १३ माघ २०८१, आईतवार ०७:२८

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297