कालीकोट – बैशाख ३ गतेदेखि पचालझरना गाउँपालिकाको पडेक्षामा जारी १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज भव्य समापन भएको छ। जिल्लाका ९ पालिकामध्ये ८ वटाको सहभागिता रहेको प्रतियोगितामा तिलागुफा नगरपालिकाले १४ स्वर्ण, ९ रजत र ८ कास्य पदक जित्दै प्रथम स्थान हासिल गरेको छ।
नरहरिनाथ गाउँपालिका ७ स्वर्ण, ५ रजत र ५ कास्य पदकका साथ दोस्रो स्थानमा रह्यो भने पलाता गाउँपालिका ४ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गर्दै तेस्रो भयो।
प्रतियोगितामा पचालझरना गाउँपालिकाले २ स्वर्ण, ४ रजत र २ कास्य, खाडाचक्र नगरपालिकाले १ स्वर्ण, ५ रजत र ३ कास्य, राष्कोट नगरपालिकाले १ स्वर्ण, २ रजत र ७ कास्य, महाबै गाउँपालिकाले १ स्वर्ण र २ रजत तथा सान्नी त्रिवेणि गाउँपालिकाले १ रजत पदक जितेका छन्।
चार दिनसम्म पचालझरनामा चलेको प्रतियोगितामा तिलागुफा नगरपालिकाको टोलीलाई बसाई व्यवस्थापन लगायत अन्य सहयोग पुर्याएर विजयी हुन महत्वपूर्ण योगदान गरेको भन्दै सह-आयोजक पचालझरना गाउँपालिका, आयोजक जिल्ला खेलकुद विकास समिति र सहभागी सबै पालिका प्रमुख एवं प्रतिनिधिहरूलाई तिलागुफा नगरपालिकाले हार्दिक आभार व्यक्त गरेको छ।