Skip to content
  • १३ कार्तिक २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

तिलागुफा नगरपालिका १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन

७ बैशाख २०८२, आईतवार ०७:४७
जनवाणी संवाददाता

 कालीकोट – बैशाख ३ गतेदेखि पचालझरना गाउँपालिकाको पडेक्षामा जारी १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज भव्य समापन भएको छ। जिल्लाका ९ पालिकामध्ये ८ वटाको सहभागिता रहेको प्रतियोगितामा तिलागुफा नगरपालिकाले १४ स्वर्ण, ९ रजत र ८ कास्य पदक जित्दै प्रथम स्थान हासिल गरेको छ।
नरहरिनाथ गाउँपालिका ७ स्वर्ण, ५ रजत र ५ कास्य पदकका साथ दोस्रो स्थानमा रह्यो भने पलाता गाउँपालिका ४ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गर्दै तेस्रो भयो।
प्रतियोगितामा पचालझरना गाउँपालिकाले २ स्वर्ण, ४ रजत र २ कास्य, खाडाचक्र नगरपालिकाले १ स्वर्ण, ५ रजत र ३ कास्य, राष्कोट नगरपालिकाले १ स्वर्ण, २ रजत र ७ कास्य, महाबै गाउँपालिकाले १ स्वर्ण र २ रजत तथा सान्नी त्रिवेणि गाउँपालिकाले १ रजत पदक जितेका छन्।
चार दिनसम्म पचालझरनामा चलेको प्रतियोगितामा तिलागुफा नगरपालिकाको टोलीलाई बसाई व्यवस्थापन लगायत अन्य सहयोग पुर्‍याएर विजयी हुन महत्वपूर्ण योगदान गरेको भन्दै सह-आयोजक पचालझरना गाउँपालिका, आयोजक जिल्ला खेलकुद विकास समिति र सहभागी सबै पालिका प्रमुख एवं प्रतिनिधिहरूलाई तिलागुफा नगरपालिकाले हार्दिक आभार व्यक्त गरेको छ।

Post navigation

कुलमान बर्खास्ती प्रकरण अदालतमा विचाराधीन, संसदमा बहस आवश्यक छैन – प्रधानमन्त्री ओली
कालिकोटमा ट्र्याक्टर दुर्घटना चालकसहित चारको मृत्यु

ताजा खबर

  • उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न सङ्खुवासभा प्रशासनको आग्रह ७ बैशाख २०८२, आईतवार ०७:४७
  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य ७ बैशाख २०८२, आईतवार ०७:४७
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प ७ बैशाख २०८२, आईतवार ०७:४७
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित ७ बैशाख २०८२, आईतवार ०७:४७
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने ७ बैशाख २०८२, आईतवार ०७:४७

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297