Skip to content
  • ३ असार २०८३, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

कुलमान बर्खास्ती प्रकरण अदालतमा विचाराधीन, संसदमा बहस आवश्यक छैन – प्रधानमन्त्री ओली

१८ चैत्र २०८१, सोमबार २१:१७
जनवाणी संवाददाता

काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरण अदालतमा विचाराधीन रहेकाले संसदमा थप छलफल आवश्यक नरहेको बताएका छन्। उनले सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै एकजना कर्मचारीको विषयमा संसद अवरुद्ध गर्नु र संसदीय कार्यमा बाधा पुर्‍याउनु उचित नभएको बताए।
“राष्ट्रसेवक कर्मचारीहरुको गुण/दोष टिप्पणी गर्ने स्थल यो संसद हो भन्ने मलाई लाग्दैन,” प्रधानमन्त्री ओलीले भने, “राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ।”
उनले विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल नगरे कर्मचारीको सरुवा, स्पष्टिकरण वा पदमुक्त गर्न सक्ने बताए। यो अहिलेको सरकारले मात्र नभई पहिलेका सरकारले पनि गरेको र भविष्यमा पनि हुने उनको भनाइ थियो।
“प्राधिकरणको हकमा विभागीय मन्त्रीले के महसुस गरे भन्ने विषयको परीक्षण बाँकी छ,” प्रधानमन्त्री ओलीले भने, “अहिलेको परिस्थितिमा ससाना विषयहरुमा ठूलो बहस विवाद चलाउने समय होइन।”
उनले संविधान, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु अहिलेको मुख्य प्राथमिकता भएको बताए।

Post navigation

तीनकुने घटनाको निष्पक्ष छानबिनको माग गर्दै : राजेन्द्र
तिलागुफा नगरपालिका १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १८ चैत्र २०८१, सोमबार २१:१७
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १८ चैत्र २०८१, सोमबार २१:१७
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १८ चैत्र २०८१, सोमबार २१:१७
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १८ चैत्र २०८१, सोमबार २१:१७
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १८ चैत्र २०८१, सोमबार २१:१७

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297