Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

कालिकोटमा ट्र्याक्टर दुर्घटना चालकसहित चारको मृत्यु

८ बैशाख २०८२, सोमबार ०८:१८
जनवाणी संवाददाता

कालिकोटको  – पलाँता गाउँपालिका-२ लार्फमा आइतबार राति भएको ट्र्याक्टर दुर्घटनामा परी चालकसहित चार जनाको दुःखद निधन भएको छ।
पलाँता गाउँपालिका-९ थिर्पुबाट खुद्रा तथा खाद्यान्न सामग्री लिएर खिनको छलाहातर्फ जाँदै गरेको ट्र्याक्टर राडुनेटा लार्फ भन्ने स्थानमा राति करिब ११:३० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख टेक बहादुर रावतले जानकारी दिए।
दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा मुगु खत्याड-५ घर भएका २५ वर्षीय ट्र्याक्टर चालक चन्द्र प्रकाश रोकाया, पलाँता-५ का २६ वर्षीय अम्बा शाही, पलाँता-४ का २१ वर्षीय सदु बुढा र पलाँता ४ का २१ वर्षीय रबिन्द्र बिक रहेका छन्।
घटनाको जानकारी पाउनासाथ कहरदेव अस्थाइ प्रहरी चौकीबाट वरिष्ठ हवलदार गगन रावतको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको डीएसपी रावतले बताए। प्रारम्भिक अनुसन्धान अनुसार ट्र्याक्टरको नम्बर प्लेट मेटिएको र ब्लु बुक पनि फेला नपरेको प्रहरीले जनाएको छ। दुर्घटनाको गम्भीरतालाई दर्शाउँदै ट्र्याक्टरको इन्जिन सडकबाट २०० मिटर तल तथा ट्रली ६०० मिटर तल खोचमा खसेको अवस्थामा भेटिएको छ।
स्रोत: कान्तिपुर दैनिक

Post navigation

तिलागुफा नगरपालिका १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन
शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ८ बैशाख २०८२, सोमबार ०८:१८
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ८ बैशाख २०८२, सोमबार ०८:१८
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ८ बैशाख २०८२, सोमबार ०८:१८
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ८ बैशाख २०८२, सोमबार ०८:१८
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ८ बैशाख २०८२, सोमबार ०८:१८

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297