Skip to content
  • १३ कार्तिक २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

युवा संगठनले सबैखाले बेथितीविरुद्ध संघर्ष गर्ने अध्यक्ष दिनेश सीको उद्घोष

२९ बैशाख २०८२, सोमबार २०:४६
जनवाणी संवाददाता

कालिकोट – युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले आफ्नो संगठनले समाजमा व्याप्त सबै प्रकारका बेथितीविरुद्ध सशक्त रुपमा लड्ने बताएका छन्।
युवा संगठन नेपाल कालिकोटद्वारा आयोजित भ्रष्टाचार विरुद्धको जागरण अभियानको ताडीमा उद्घाटन गर्दै अध्यक्ष सीले युवाहरु भ्रष्टाचार हुन नदिने र यदि कसैले भ्रष्टाचार गरेको थाहा पाएमा कडा कारबाही गर्ने चेतावनी दिए।
उनले देशमा भ्रष्टाचार बढ्दै जानु, राष्ट्रियता कमजोर हुनु र लोकतन्त्र विरोधी शक्तिहरु सक्रिय हुनुलाई सामान्य घटना नभई देशलाई कमजोर बनाउने योजनाबद्ध षडयन्त्र भएको दाबी गरे।
अध्यक्ष दिनेश सीले युवा संगठन नेपाल सधैं जनताको समस्या र दुःखमा साथ दिँदै आएको र सबैखाले बेथितीविरुद्ध संघर्ष जारी राख्ने बताए। उनले दलालहरुले जनतामा फैलाएको भ्रमलाई चिर्दै उनीहरुका षडयन्त्रहरुलाई परास्त गर्न युवा संगठन तयार रहेको दृढता व्यक्त गरे।

Post navigation

माओवादी अध्यक्ष प्रचण्ड बाथरुममा लडेर घाइते, अवस्था सामान्य
https://diyokhabar.com/?p=17493

ताजा खबर

  • उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न सङ्खुवासभा प्रशासनको आग्रह २९ बैशाख २०८२, सोमबार २०:४६
  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य २९ बैशाख २०८२, सोमबार २०:४६
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प २९ बैशाख २०८२, सोमबार २०:४६
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित २९ बैशाख २०८२, सोमबार २०:४६
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने २९ बैशाख २०८२, सोमबार २०:४६

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297