Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

माओवादी अध्यक्ष प्रचण्ड बाथरुममा लडेर घाइते, अवस्था सामान्य

२४ बैशाख २०८२, बुधबार ०९:०५
जनवाणी संवाददाता

 काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घरको बाथरुममा लडेर घाइते भएका छन्। गए राति करिब १२ बजेतिर लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य रहेको छ।
आकस्मिक कक्षमा उपचारका क्रममा प्रचण्डले आफू बाथरुम जाने क्रममा अल्झिएर लडेको बताएका छन्। उनको टाउकोमा चोट लागेको र तीन टाका लगाइएको अस्पतालले जनाएको छ। सिटीस्क्यान रिपोर्ट सामान्य आएको र अहिले उनलाई वार्डमा राखेर उपचार भइरहेको छ। अस्पताल स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले बिहानै घर जान चाहे पनि दिउँसोसम्म डिस्चार्ज हुने सम्भावना छ।
प्रचण्डकी छोरी गंगा दाहालले पनि बाथरुममा चिप्लिएर निधारमा सामान्य चोट लागेका कारण अस्पताल भर्ना गरिएको जानकारी दिएकी छन्।

Post navigation

प्रचण्डको संसदमा टिप्पणी दुई तिहाइको अहङ्कारको बेलुन फुट्यो
युवा संगठनले सबैखाले बेथितीविरुद्ध संघर्ष गर्ने अध्यक्ष दिनेश सीको उद्घोष










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २४ बैशाख २०८२, बुधबार ०९:०५
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २४ बैशाख २०८२, बुधबार ०९:०५
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २४ बैशाख २०८२, बुधबार ०९:०५
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २४ बैशाख २०८२, बुधबार ०९:०५
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २४ बैशाख २०८२, बुधबार ०९:०५

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297