Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

राजावादी प्रदर्शनकी घाइते रेबिका ‘सरकारले बाँच्ने आधार बनाइदेओस्’

२० जेष्ठ २०८२, मंगलवार ०९:३७
जनवाणी संवाददाता

काठमाडौं  – कलेज र अफिसको दैनिकीमा व्यस्त रहने २२ वर्षीया रेबिका खत्रीलाई फुर्सदमा घरमा बस्नै मन लाग्दैनथ्यो। चञ्चले स्वभावकी उनी बिदाको दिनमा पनि दाजुभाइ-दिदीबहिनीकहाँ पुगिहाल्थिन्। नेपालमै लोकसेवा वा बैंकिङ क्षेत्रमा भविष्य खोज्ने उनको सपना थियो, विदेश जाने सोच उनले कहिल्यै बनाइनन्। दाजु र दिदी विदेशिँदा पनि उनी आफ्ना सपना स्वदेशमै पूरा गर्ने अठोटमा थिइन्।
स्नातक तेस्रो वर्षमा अध्ययनरत रेबिकाले लेखापालको काम पनि गर्दै थिइन्। उनको सपनाको उडान अझै बाँकी नै थियो।
तर, गत चैत १० गते काठमाडौंको बानेश्वरमा भएको राजावादी प्रदर्शनमा प्रहरीको गोली लागेपछि रेबिकाको जीवनले अप्रत्याशित मोड लियो। दुई महिनादेखि उनी अस्पतालको शय्यामा छिन्। शरीरमा लागेको गहिरो चोटले उनको सामान्य दैनिकी र भविष्यका योजनाहरूमाथि प्रश्नचिह्न खडा गरेको छ।
अस्पतालको शय्याबाटै रेबिकाको एउटै पुकार छ, ‘जे भयो भयो, अब बाँच्ने आधार सरकारले बनाइदिओस्।’ उनलाई अब आफ्नो जीवन कसरी अगाडि बढ्छ भन्ने चिन्ताले सताएको छ। एउटी सक्रिय युवाको जीवनमा आएको यो आकस्मिक रोकावटले धेरै प्रश्नहरू जन्माएको छ। उनको उपचार र भविष्यको सुनिश्चितताका लागि सरकारले ठोस कदम चाल्नुपर्ने आवाज उठेको छ।

Post navigation

गणतन्त्र जनसंघर्षको उपज, यसको रक्षा हाम्रो दायित्व : पूर्वराष्ट्रपति भण्डारी
प्रचण्डले बोलाए भिजिट भिसा प्रकरणमा छलफल गर्न बिपक्षी दलहरूको बैठक










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २० जेष्ठ २०८२, मंगलवार ०९:३७
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २० जेष्ठ २०८२, मंगलवार ०९:३७
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २० जेष्ठ २०८२, मंगलवार ०९:३७
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २० जेष्ठ २०८२, मंगलवार ०९:३७
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २० जेष्ठ २०८२, मंगलवार ०९:३७

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297