Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

गणतन्त्र जनसंघर्षको उपज, यसको रक्षा हाम्रो दायित्व : पूर्वराष्ट्रपति भण्डारी

१५ जेष्ठ २०८२, बिहीबार ०९:२१
जनवाणी संवाददाता

 काठमाडौं – गणतन्त्र दिवसको अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको अतुलनीय त्याग र कठोर संघर्षको जीवन्त प्रतिफल भएको बताएकी छन्। सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले यो ऐतिहासिक राजनीतिक उपलब्धि मुलुकको विकास र समृद्धिको आधार भएको धारणा राखिन्।
भण्डारीले गणतन्त्रको संरक्षण, सदुपयोग र थप विकास गर्दै समुन्नत नेपाल निर्माण गर्ने साझा जिम्मेवारीमा सबैलाई एकजुट हुन आह्वान गरेकी छन्। उनले गणतान्त्रिक मूल्य, मान्यता र आदर्शको पालना गर्दै आ-आफ्नो भूमिका निर्वाह गर्न जोड दिएकी छन्।
पूर्वराष्ट्रपतिले गणतन्त्रले मुलुकको सामाजिक-आर्थिक रूपान्तरणका लागि ढोका खोलेको बताइन्। शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधारको क्षेत्रमा प्राप्त प्रगतिलाई उनले ‘आफ्नो देश आफै बनाउनुपर्छ’ भन्ने राष्ट्रिय भावनाको विकाससँग जोडेकी छन्।
उनले मुलुकको आर्थिक विकासका प्रयासहरूलाई अझ सशक्त बनाउनुपर्ने र जनताको समृद्धिको आकांक्षालाई साकार पार्न सबैले प्रतिबद्धताका साथ लाग्नुपर्नेमा विशेष जोड दिएकी छ।

Post navigation

सरकार कर नीतिमा नरम बन्दै, भ्याट छुटको सूची घटाइने
राजावादी प्रदर्शनकी घाइते रेबिका ‘सरकारले बाँच्ने आधार बनाइदेओस्’










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १५ जेष्ठ २०८२, बिहीबार ०९:२१
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १५ जेष्ठ २०८२, बिहीबार ०९:२१
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १५ जेष्ठ २०८२, बिहीबार ०९:२१
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १५ जेष्ठ २०८२, बिहीबार ०९:२१
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १५ जेष्ठ २०८२, बिहीबार ०९:२१

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297