Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

प्रचण्डले बोलाए भिजिट भिसा प्रकरणमा छलफल गर्न बिपक्षी दलहरूको बैठक

२५ जेष्ठ २०८२, आईतवार १०:५७
जनवाणी संवाददाता

 

काठमाडौँ –  प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । भिजिट भिसा प्रकरणमा संसद्को बजेट अधिवेशन प्रभावित भइरहेको बेला प्रचण्डले आज पनि छलफलका लागि बैठक बोलाएका हुन् ।

बैठक मध्यान्ह १२ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको अडानबाट पछि हटेर उच्चस्तरीय न्यायिक समिति वा संसदीय समिति गठन हुनेबारे सत्ता पक्षले सदनलाई जानकारी दिए संसद्को अवरोध हटाउने बताएका छन् । यद्यपि विपक्षीको अडान यथावत् रहेका परियारले बताए । 

‘भिजिट भिसा लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । हाम्रो माग यथावत् रहेको छ । थप लचिलो हुने कुरा आउँदैन’, रातोपाटीसँग परियारले भने ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गृहमन्त्रीलाई बोल्न दिने पक्षमा सकारात्मक देखिएका छन् ।

Post navigation

राजावादी प्रदर्शनकी घाइते रेबिका ‘सरकारले बाँच्ने आधार बनाइदेओस्’
जनार्दन शर्मासँग चुनाव लड्छु दीपशिखा भन्छन् वाईसीएलको नेतृत्वलाई लिएर माओवादीमा खटपट










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २५ जेष्ठ २०८२, आईतवार १०:५७
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २५ जेष्ठ २०८२, आईतवार १०:५७
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २५ जेष्ठ २०८२, आईतवार १०:५७
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २५ जेष्ठ २०८२, आईतवार १०:५७
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २५ जेष्ठ २०८२, आईतवार १०:५७

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297