Skip to content
  • [nepali_today_date]
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

सिंहदरबारमा सुरु भयो सर्वदलीय बैठक

२०८३ भाद्र ३१, बुधवार
जनवाणी संवाददाता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहान साढे ११ बजेपछि सुरु बैठकले भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सम्बन्धमा निर्णय गर्ने बताइएको छ।

भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको थियो । भदौ ११ गते बसेको सर्वदलीय बैठकमा बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा व्यवस्थापनको विषयमा १० बुँदे सङ्कल्प गरेको थियो ।

भदौ १५ गते बसेको दोस्रो तहका सर्वदलीय बैठकले १० बुँदे सङ्कल्पलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

आजको बैठकमा रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री पुरुषोत्तम यादव, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेता वर्षमान पुन, राप्रपाबाट नेता ज्ञानबहादुर शाही, जनमत पार्टीबाट अध्यक्ष डा. सिके राउत लगायत नेताहरू सहभागी छन् ।

Post navigation

जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’










 

 

 

 

ताजा खबर

  • सिंहदरबारमा सुरु भयो सर्वदलीय बैठक २०८३ भाद्र ३१, बुधवार
  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २०८३ जेष्ठ ८, शुक्रवार
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २०८२ चैत्र ३०, सोमवार
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २०८२ चैत्र १९, बिहीवार
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २०८२ फाल्गुन ३, आइतवार

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © २०८३ आश्विन २, शुक्रवार janabani.com
Developed by: 9849815297