Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

२५ टन प्लास्टिकजन्य फोहोर सुनकोसी नदीमा चुहावट हुनबाट रोकियो

१९ जेष्ठ २०८१, शनिबार १०:१६
जनवाणी संवाददाता
जनवाणि
जेठ १९  काठमाडौं । क्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले गोलन्जोर गाउँपालिककरिब २५ टन बराबरको प्लास्टिकजन्य फोहोर मैला सङ्कलन गरी सुनकोसी नदीमा चुहावट हुनबाट रोकेका छन् । शुक्रवार गोलन्जोर गाँउपालिकाको खुर्कोट –७ नदीको किनारमा विगत लामो समय देखि फोहोर डम्पिङ साइटको रूपमा परिणत भएको हटस्पटबाट उक्त परिणामको प्लास्टिकजन्य फोहोर मैला संकलन गरी सफा गरेका छन् । 

क्याप परियोजना अन्तर्गत आयोजना गरिएको नदी सरसफाइ अभियान परियोजना ले परिचालन गरेको युवा स्वयं सेवक(यूथ कोहर्ट), सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा करिब सय भन्दा बढी सहभागीहरूले सरसफाइ अभियानमा सहभागिता जनाएका थिए । 

‘क्याप परियोजना ’ नेपालमा प्लिज (प्लास्टिक फ्री रिभर्स एन्ड सीज अफ साउथ एशिया) को एक प्रमुख आयोजनाको रूपमा रहेको छ भने, यूनोप्स र विश्व बैंकको सहयोगमा दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (साकेप) द्वारा लागु गरिएको हो 

सरसफाइ अभियानमा प्रमुख अतिथिको रूपमा सहभागी भएका गोलान्जोर गाउँपालिका अध्यक्ष शंकर बराललले पालिकाले गर्नु पर्ने काम क्रिएशनले गरेर हामीलाई राम्रो काम गर्न मद्दत गरिरहेको बताए । 

उनले बढ्दो सहरीकरणले गोलन्जोर गाउँपालिकालाई पोहोर मैलाको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ चिन्दा व्यक्त गर्दै क्रिएसन नेपालले सञ्चालन गरेको सरसफाइ अभियान र फोहोर मैला व्यवस्थापन गर्ने काम प्रति पूर्ण प्रतिबद्धता रहेको बताए । अगाडि थप्दै उनले भने, गोलन्जोरमा फोहोर मैला व्यवस्थापन एक गम्भीर समस्याको रूपमा छ, झन् प्लास्टिकका बोतलहरू जताततै पाइन्छ । नागरिक स्तरबाटै यसलाई न्यूनीकरण गर्नुपर्नेमा उनले जोड दिए । 

क्रिएशनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले प्राकृतिक स्रोतको संरक्षणमा व्यक्तिगत जिम्मेवारीको महत्वलाई विशेष जोड दिए । उनले भने, हामीले प्रकृति संरक्षण जस्ता महत्त्वपूर्ण कार्यको लागि अन्य प्रेरणा वा आर्थिक सहयोगमा मात्र भर पर्नु हुँदैन । यो प्रतिबद्धता हामीसबैलाई भित्रबाट आउनु पर्छ, ।  

उनले हामीले भविष्यका सन्ततिलाई सफा पहाड र हिमाल छोड्ने कि प्रदूषित चिन्तन गर्नुपर्ने बताए । हामीले आज गरेको राम्रो कार्य, हाम्रो देश र हाम्रो समुदायको लागि मात्रै नभई हाम्रो भावी पुस्ताका लागि राम्रो वातावरण सुनिश्चित गर्ने हो विशाल उद्देश्यका लागि गरिएको बुझ्नुपर्ने अध्यक्ष मिश्रले बताए । मिश्रले राजमार्ग र खोलामा प्लास्टिक प्रदूषण न्यूनीकरणका लागि क्रिएसनसँग सहकार्य गरेकोमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बरालको पनि प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।

क्याप परियोजना प्रमुख उज्ज्वल उपाध्यायका अनुसार यस परियोजनाको एक भागका रूपमा हामी सबै गोलन्जोरमा नदी सरसफाइको काम सुरुवात गरेको र कम्तीमा १२ वटा नदी सरसफाइ अभियान एक साथ सँगै सञ्चालन गर्ने बताए । उनले परियोजना सञ्चालन हुने सात स्थानीय पालिकासँग परियोजना कार्यान्वयन गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरी सकेको जानकारी गराउँदै प्रमुख नदीहरूका प्लास्टिकजन्य फोहोर चुहावट हुने स्थानमा नदी सरसफाइ अभियान सञ्चालन गरिने बताए । 

गोलन्जोर गाउँपालिकासँगको सहकार्यमा एक्साभेटर र दुईवटा ट्रिपर परिचालन गरी पालिकाद्वारा प्रस्तावित ल्यान्डफिल साइटमा स्थानान्तरण गरेका छन् । नयाँ ल्यान्डफिल साइटको लागि बाटो खोल्नुका साथै अब सफा गरिएको हटस्पटमा फोहोर नफालिने पालिकाबाट प्रतिबद्धता जनाएका छन्

 

Post navigation

युवा संगठन नेपालको देसै भरि हस्ताक्षर संकलन सम्पन्न
ललितपुरमा मोटोसाईकल र स्कुटर ठोक्किदा दुईजनाको मृत्युु










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १९ जेष्ठ २०८१, शनिबार १०:१६
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १९ जेष्ठ २०८१, शनिबार १०:१६
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १९ जेष्ठ २०८१, शनिबार १०:१६
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १९ जेष्ठ २०८१, शनिबार १०:१६
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १९ जेष्ठ २०८१, शनिबार १०:१६

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297