Skip to content
  • ३० बैशाख २०८३, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

मन्त्री बन्न र कमाउन जसपा नेपाल बिभाजन भएको होइन केही चोईटिएका हुन : उपेन्द्र

२७ जेष्ठ २०८१, आईतवार ०६:३४
जनवाणी संवाददाता

जनवाणी

जेठ २६ काठमाडौ -जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन नभएको बताएका छन्।

आगामी महाधिवेशनको तयारीबारे जानकारी दिन शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मन्त्री बन्न र धन कमाउन खोज्ने केही नेताहरूलाई राज्यले शक्ति लगाएर चोइट्याएको बताएका हुन्।

‘राज्यले आफ्नो स्रोत, साधन र शक्ति प्रयोग गरेर हाम्रा केही पार्टीका नेताहरुलाई मोहरा मात्र बनाइएको हो। त्यसलाई विभाजन भन्न मिल्दैन,’ उनले भने।

उनले पार्टीभित्र राजनीतिक तथा सैद्धान्तिक मतभेद नभएको पनि बताए। उनले निर्वाचन आयोगलाई समेत घोक्र्याएर जनता समाजवादी पार्टी एकै दिनमा दर्ता गरिएको बताए।

‘स्रोत, साधनको दुरुपयोग गरेर, निर्वाचन आयोगलाई समेत घोक्रेठ्याक लगाएर राती निवेदन दिने अनि बिहानै दर्ता गर्ने यस्तो नेपालको इतिहासमा कहिल्यै भएको थिएन। घोक्र्याएर पार्टी फुटाइयो भनेर जुन प्रचार गरियो त्यो अत्यन्त निन्दनीय र गलत कार्य हो।

Post navigation

नेकपा महासचिव बिप्लव र उपप्रधानमन्त्री श्रेष्ठबिच चितवनको माडीमा भेटवार्ता
लठ्ठा चुँडिदा १३ खच्चर कर्णली नदिको झोलुंगे पुलमा फसे










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २७ जेष्ठ २०८१, आईतवार ०६:३४
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २७ जेष्ठ २०८१, आईतवार ०६:३४
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २७ जेष्ठ २०८१, आईतवार ०६:३४
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २७ जेष्ठ २०८१, आईतवार ०६:३४
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २७ जेष्ठ २०८१, आईतवार ०६:३४

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297