Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

लठ्ठा चुँडिदा १३ खच्चर कर्णली नदिको झोलुंगे पुलमा फसे

२७ जेष्ठ २०८१, आईतवार १८:३१
जनवाणी संवाददाता

जनवाणी

जेठ २७, २०८१ आइतबार

दैलेख – कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड पुलमै अड्किएका छन् । अछामबाट दैलेखतर्फ आउँदै गरेका खच्चरहरु दैलेख र अछाम जोड्ने झोलुंगे पुलमै अड्किएको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिल दाहालले जानकारी दिए । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् ।

पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ र दैलेखको आठबीस नगरपालिका–४ लाई जोड्छ । डीएसपी दाहालका अनुसार घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी दिए । उद्धारका लागि असईको नेतृत्वमा सात जना प्रहरीको टोली पुगिसकेको उनले बताए ।

‘त्यहाँको अवस्था हेर्दा सुरक्षा निकायको टोली र स्थानीयको प्रयासमा केहि गर्न सकिने अवस्था छैन्,’ डीएसपी दाहालले भने ‘पुलको प्राविधिक टोलीलाई बोलाएर चुँडिएको लट्ठा सिधा पार्न सकिन्छ की भनेर पहल भइरहेको छ ।’ यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ । 

 
 
 

Post navigation

मन्त्री बन्न र कमाउन जसपा नेपाल बिभाजन भएको होइन केही चोईटिएका हुन : उपेन्द्र
असार ४ गते गृहमन्त्री लामिछानेबिरुद्धको मुद्दाको अर्को पेसि सर्वोच्च तोक्यो

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश २७ जेष्ठ २०८१, आईतवार १८:३१
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै २७ जेष्ठ २०८१, आईतवार १८:३१
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति २७ जेष्ठ २०८१, आईतवार १८:३१
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। २७ जेष्ठ २०८१, आईतवार १८:३१
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै २७ जेष्ठ २०८१, आईतवार १८:३१

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297