Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

असार ४ गते गृहमन्त्री लामिछानेबिरुद्धको मुद्दाको अर्को पेसि सर्वोच्च तोक्यो

२८ जेष्ठ २०८१, सोमबार १७:५०
जनवाणी संवाददाता

 

जावाणी संवाददाता
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा रुपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र मगाउने आदेश गरेको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबारको सुनुवाइ पछि उक्त आदेश गरेको हो । 

बहसका क्रममा निवेदकहरूले गृहमन्त्री लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा नाम उल्लेख भएको र उनले लिएको ऋणसमेत उल्लेख भएको जिकिर गरेका थिए।  बहसका क्रममा रिट निवेदकहरूले सीआईबीमा रहेको प्रतिवेदनदेखि महान्यायाधिवक्ता कार्यालयमा यसअघि भएका निर्णयहरू पनि मगाउनुपर्ने माग गरेका थिए ।

तर सर्वोच्चले कृष्णप्रसाद खरेलको जाहेरीले जितेन्द्रबाबु राई समेत भएको सहकारी ठगी विवादसम्बन्धी मिसिल झिकाएर पूर्व आदेशअनुसार अग्राधिकार समेत दिने आदेशमा उल्लेख गरेको छ । सर्वोच्चले मुद्दाको अर्को पेसी असार ४ गतेलाई तोकेको छ।  उक्त दिनसम्म महान्यायाधिवक्ता कार्यालयमार्फत अभियोग पत्र पेस गर्न अदालतको आदेशमा भनिएको छ।  

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा सर्वोच्चले यसअघि पोखरा प्रहरी कार्यालयमा पेश भएको जाहेरी पेश गर्न भनेको थियो । तर आजको सुनुवाइका क्रममा सरकारी पक्षले केही पनि पेश नगरेपछि मिसिलहरू मगाउनेबारे बहस भएको थियो ।

सर्वोच्चले गृहमन्त्री लामिछानेविरुद्ध दर्ता भएका वा पेस भएका उजुरी, अभियोग पत्र र अन्य मिसिलहरू पेस गर्न आदेश गरेको हो । सर्वोच्चले अर्को सुनुवाइमा उक्त मिसिलहरू प्राप्त गरेपछि सुनुवाइ गर्दै निलम्बन गर्ने वा नगर्नेबारे निर्णय लिने छ।

महान्यायाधिवक्ता कार्यालयले क्लिन चिटको अर्थ लाग्ने गरी लामिछानेको विषयमा कुनै जाहेरी, अभियोग पत्र र अनुसन्धान नभएको भनी पत्र दिएपछि  त्यसविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।  उक्त रिटमा दोस्रो सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो ।

 

 
 

Post navigation

लठ्ठा चुँडिदा १३ खच्चर कर्णली नदिको झोलुंगे पुलमा फसे
परीक्षा केन्द्र मिलाउन मोटो रकम असुली त्रिविका परीक्षा नियन्त्रक जोशीको अस्वभाविक हर्कत










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २८ जेष्ठ २०८१, सोमबार १७:५०
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २८ जेष्ठ २०८१, सोमबार १७:५०
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २८ जेष्ठ २०८१, सोमबार १७:५०
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २८ जेष्ठ २०८१, सोमबार १७:५०
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २८ जेष्ठ २०८१, सोमबार १७:५०

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297