Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

सरकार ढल्दै कांग्रेसको प्रतावमा प्रधानमन्त्री ओलि बन्दै

१८ असार २०८१, मंगलवार १६:२१
जनवाणी संवाददाता
 

जनवाणी

  १८ असार २०८१, मंगलवार 

 काठमान्डौ – प्रचण्ड–ओली गठबन्धन सरकार बनेकै दिनदेखि गठबन्धन भत्काउने प्रयास कांग्रेसले तिव्र पारेको थियो । पहिलो प्रयत्न स्वरूप उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाउने र दोस्रो पटक माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी कांग्रेसले मुभ गरेको बताइन्छ । त्यो प्रयास असफल मात्र भएन । उल्टेै उपेन्द्र यादवको पार्टी विभाजित भयो भने नेकपा (एस) विभाजनको डिलमा पुगेर बच्यो । त्यसपछि मात्र देउवा ओलीलाई प्रम दिन तयार भए । देउवा र ओली पालैपालो प्रम बन्नेगरी अन्तिम सहमति भएपछि सोमबार ओली–देउवा बालकोट भेटबाट खुला रुपमा हुनु अघि दोश्रो वरियताका दुवै दलका नेताहरुको बाक्लो दौडधूप भएको थियो ।

संसदमा कांग्रेसको ८८ र एमालेको ७८ गरी १६६ सिट रहेको छ । सरकार गठन‌का लागि १३८ सांसदको समर्थन आवश्यक हुन्छ । एमाले र कांग्रेस गठबन्धन सरकार बन्ने स्थितिमा सरकार प्रतिपक्ष विहिन निर्दलिय बन्न जानेछ । नेपाल निर्दलिय ‘संसदवाद’को शिकार हुनेछ ।

सोमबार बिहान ओलीले प्रम प्रचण्डलाई गठबन्धन ढल्ने जनाउ दिइसकेका छन् । सोमबार राती अबेर देउवा र ओली दुवैले पालैपालो राष्ट्रपति पाेडैलसँग परामर्श गरिसकेका छन् । प्रचण्डले भने माधव नेपाललाई प्रम बनाउन र् देउवा –प्रचण्ड दुबैले समर्थन गर्ने, दोस्रो चरणमा देउवालाई नै प्रम दिने गरी सहमति गर्ने ‘मुभ’ गरेका थिए । तर यो प्रयास पनि असफल भएको सूत्रहरूको दाबि छ ।

Post navigation

राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका सार्वजनिक
प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह राजिनामा दिएर मार्ग प्रसस्त गर्नुहोस्

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश १८ असार २०८१, मंगलवार १६:२१
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै १८ असार २०८१, मंगलवार १६:२१
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति १८ असार २०८१, मंगलवार १६:२१
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। १८ असार २०८१, मंगलवार १६:२१
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै १८ असार २०८१, मंगलवार १६:२१

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297