Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह राजिनामा दिएर मार्ग प्रसस्त गर्नुहोस्

१८ असार २०८१, मंगलवार २०:०८
जनवाणी संवाददाता

 

२०८१ अषाढ १८ गते  
जनवाणी
काठमाडौँ  – नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको हो ।

कांग्रेस र एमालेबिचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘कांग्रेस र एमालेबीचमा मात्रै समझदारी भएको छ । केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागत गर्ने निर्णय बैठकले गरेको छ,’ उनले भने, ‘सहमतिको सरकारमा सहभागी भएर राजनीतिक स्थायित्वमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरिएको छ । त्यसका लागि प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ ।’

एमालेले कांग्रेससँगको सहमति अनुसार अध्यक्ष ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमतिमा हस्ताक्षर भएको थियो । सरकारको नेतृत्वमा आलोपालो गर्ने सहमति भएको हो । सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको छ । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति रहेको नेताहरूको भनाइ छ ।

Post navigation

सरकार ढल्दै कांग्रेसको प्रतावमा प्रधानमन्त्री ओलि बन्दै
प्रधानमन्त्री र मन्त्री पदमा अल्झिनु हुदैन  : कोइराला

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश १८ असार २०८१, मंगलवार २०:०८
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै १८ असार २०८१, मंगलवार २०:०८
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति १८ असार २०८१, मंगलवार २०:०८
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। १८ असार २०८१, मंगलवार २०:०८
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै १८ असार २०८१, मंगलवार २०:०८

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297