Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

कुरा गरेर मात्र हुदैन उत्पादनमा लिडर जोडिएको राजनीति हुनुपर्छ : विप्लव

१४ माघ २०८१, सोमबार १९:३६
जनवाणी संवाददाता

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कुरा गरेर मात्र हुदैन उत्पादनमा लिडर जोडिएको राजनीति चाहिएकाे बताएका छ ।
नेकपाले सोमबार बुढानिलकण्ठमा सुरु गरेको सी व्यापार केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव विप्लव सीले कुरा गरेर मात्र हुदैन । उत्पादनमा लिडर जोडिएको राजनीति चाहिएको बताएका हुन् ।

उनले नेपालका कम्युनिष्टहरुको आफ्नै अर्थ दृष्टिकोण र उत्पादन नहुँदा नेपालमा राजनीतिक समस्यासंगै आर्थिक समस्या आएको ठोकुवा गरे ।
महासचिव विप्लवले नेपालको राजनीतिक समस्यासंगै आर्थिक समस्या समाधान गर्न नेपालको साधन श्रोतलाई उत्पादनमा लगाउनु पर्ने धारणा राखे ।

उनले राजनीतिक समस्या त छदैँछ तर आर्थिक रुपमा नयाँ दृष्टिकोणसहित विकास गर्न नसक्दा पुँजीवादसँग सोभियत संघको समाजवाद हारेको जिकिर गरे ।

उनले नेकपाले गरेको उत्पादन उच्च व्यापारीसँग प्रतिस्पर्धा गर्न सक्ने गरी जनतामा सस्तो र सुलभ मुल्यमा दिने बताए ।
‘उच्च व्यापारीसँग प्रतिस्पर्धा गर्न सक्छौँ होला । एउटा व्यापारीले सक्छ भने हामी किन सक्दैनौँ । हामीले चन्दा उठाएर बनाएका होइनौँ । २४ घण्टा राजनीति गर्नु जरुरी छैन’ उनले भने, ‘तीन घण्टा श्रममा जोडिनुहाेस् भनेर मैले पार्टीका साथीहरूलाई भन्ने गरेको छुँ । अब झोला बोकेर मात्र हुँदैन । उत्पादनमा जोडिनु पर्छ उत्पादनले हामीलाई अहिले समस्या छैन । हाम्रो विश्वास के छ भने घाटामा जाँदैनौँ । मरेर पनि श्रम गर्छौँ ।

महासचिव विप्लवले ०८४ नेपालको राजनीति उथलपुथल र कायापलत हुने दाबी गरे ।
उनले भने, ‘नयाँ तरिकाले सत्ताको नेतृत्व गर्ने चाहना छ । नेपालको राजनीतिलाई आकासबाट धर्तीमा उभ्याउन चाहन्छौँ । नेपाली जनताले एक पटक समाज हेर्न चाहेका छन् । आगामी निर्वाचनमा समाजवादी शक्ति एक भएर चुनावमा भाग लिन्छौँ ।’
उनले राजनीति पार्टीको उद्देश्य सत्ता नै भएको भन्दै तर कस्को सत्ता भन्ने कुरा मुख्य कुरा भएको बताए ।

‘नेपालमा जनताको सत्ता छैन हामी जनताको सत्ता चाहन्छौँ’ महासचिव विप्वलले भने, ‘यो माग्ने चिज होइन, नैसर्गिक अधिकार हो ।’
उनले नेपालको मुख्य समस्या दलाल पुँजीवाद र यसको संरक्षण गर्नेहरु भएको भन्दै सबै अग्रगामी मित्र शक्तिहरुसंग सहकार्य हुने बताए ।

Post navigation

सत्तारुढ दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले गरे छलफल
सी व्यापार केन्द्र’को उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले भने ‘नेकपाबाट सबैले सिकून्’

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश १४ माघ २०८१, सोमबार १९:३६
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै १४ माघ २०८१, सोमबार १९:३६
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति १४ माघ २०८१, सोमबार १९:३६
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। १४ माघ २०८१, सोमबार १९:३६
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै १४ माघ २०८१, सोमबार १९:३६

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297