Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

सी व्यापार केन्द्र’को उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले भने ‘नेकपाबाट सबैले सिकून्’

१४ माघ २०८१, सोमबार २१:३०
जनवाणी संवाददाता

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा आफ्नै उत्पादनमा सुरु गरिएको सी व्यापार केन्द्रको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका छन् ।
काठमाडौँको बुढानिलकण्ठमा सोमबार भव्य तामझामसहित आयोजना गरिएको उद्घाटन कार्यक्रममा कैचीले रिबन काटेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले सी व्यापार केन्द्रको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्वप्रधानमन्त्री नेपालले विप्लवले गरेको उत्पादनबाट सबैले सिकून् भन्ने शुभकामना व्यक्त गरे ।
उनले नेपाल कम्युनिष्ट पार्टीले उत्पादनसंगै सी व्यापार केन्द्रको नयाँ यात्रा सुरु गरेकोमा धन्यवाद दिदै सफलताको शुभकामना व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री नेपालले कम्युनिष्ट पार्टीका नेताहरुमा श्रम संस्कृतिसहित देश बनाउने चिन्ता नहुदा सत्ताको दुरुपयोग गर्ने प्रवृति हावी भएको टिप्पणी गरे ।
उनले भने, ‘नेकपाको श्रम संस्कृति सबैलाई शिक्षा लिन लायक छ, नेपालमा धेरै कम्युनिष्ट नेता प्रधानमन्त्रीहरु भए । कम्युनिष्ट पार्टीका नेताहरुमा देश बनाउने चिन्तन भएन । प्रधानमन्त्रीमा सत्ताको दुरुपयोग गर्ने प्रवृति हावी भयो । कम्युनिष्ट नेताहरु सत्ताको दुरुपयोगबाट बाहिर जानुपर्छ । श्रम संस्कृतिसंग नजोडिएसम्म देश बन्दैन ।’
पूर्वप्रधानमन्त्री नेपालले एउटा कम्युनिष्ट पार्टीको नेता आफै उत्पादनमा संलग्न हुँदै श्रमसंग उत्साहित भएर नेता कार्यकर्तालाई उत्पादनमा लगाउनु आफैमा नयाँ काम भएको भन्दै यो जीवनयापनसंगै राष्ट्रिय उत्पादनसंग जोडिएको कुरा हो भने ।

‘केही नयाँ काम गरौं, आवश्यक छ भन्ने विप्लवको विचार र पहल सकारात्मक हो’ उनले भने, ‘मैले विप्लवले गरेको उत्पादन, उत्पादन गर्ने नेता कार्यकर्तालाई मात्र वितरण गर्ने र बचेको पार्टीको आम्दानी गर्ने हो कि सोचेको थिए ।
तर यो जनतासम्म लिने रहेछ, सी व्यापार केन्द्रले नयाँ सन्देश दिएको छ । यसले क्वालिटी देहोस्, जनतालाई जोडन सकोस् । सबै कम्युनिष्टहरुले यसबाट सिक्नु पर्छ, विदेशीने युवा शक्ति पनि नेपालमा रोक्नुपछ ।’
उनले नेपालको राज्यले नेपालको श्रोत साधनहरुलाई जनताको हितमा प्रयोग गर्न सके कुनै पनि नेपाली विदेश पलायन हुनु नपर्ने र नेपाल विश्वको धनी देश बन्न सक्ने विश्वास व्यक्त गरे

सी व्यापार केन्द्रमा नेकपाले उत्पादन गरेको अर्गानीक चामल, दाल, तेल, मह, चिया, लगायतका विभिन्न खाद्य सामग्रीदेखि सरसफाई सम्बन्धि विभिन्न सामग्रीहरु राखिएको छ ।

Post navigation

कुरा गरेर मात्र हुदैन उत्पादनमा लिडर जोडिएको राजनीति हुनुपर्छ : विप्लव
नेपाली विशेषताको समाजवाद अहिलेको संकटको अग्रगामी निकास हो : विप्लव










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १४ माघ २०८१, सोमबार २१:३०
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १४ माघ २०८१, सोमबार २१:३०
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १४ माघ २०८१, सोमबार २१:३०
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १४ माघ २०८१, सोमबार २१:३०
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १४ माघ २०८१, सोमबार २१:३०

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297