Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य
३० माघ २०८१, बुधबार २०:५०
जनवाणी संवाददाता

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी घोराही नगर समितिले घोराहीमा जेब्रा क्रसिङ बनाएको छ । पार्टीले जनयुद्ध दिवसको अवसरमा बुधबार घोराहीको तुलसीपुर चोकमा जेब्रा क्रसिङ बनाएको हो ।

घोराहीको मुख्यचोक तुलसीपुर चोकमा बनाइएका जेब्रा क्रसिङ मेटिएसँगै पैदल यात्रुहरूलाई आवातजावत समस्या भएको भन्दै जेब्रा क्रसिङ बनाइएको नेकपाका घोराही नगर इञ्चार्ज पाटन सीले बताए । उनले सडकमा जेब्रा क्रसिङ मेटिदा पैदलयात्रुले जथाभावी बाटो काट्ने गरेको र त्यसले दुर्घटना निम्त्याउन सक्ने भन्दै पार्टीले जनयुद्ध दिवसको अवसरमा जेब्रा क्रसिङ बनाएको कुरामा जोड दिए । सडकमा बनाइएका जेब्रा क्रसिङ बिस्तारै मेटिएर गएपनि सम्बन्धित निकायले ध्यान नदिदा दुर्घटनाको जोखिम बढ्ने भएको हुँदा पार्टीको सामाजिक कार्यअन्तर्गत सडक जेब्रा क्रसिङ बनाएको उनको भनाइ छ ।

पार्टीका इञ्चार्ज पाटन सीले फागुन १ गते ३० औं महान जनयुद्ध दिवस मनाउन लागेको र दिवसकै अवसरमा सामाजिक कार्यअन्तर्गत घोराहीको तुलसीपुर चोकमा जेब्रा क्रसिङ बनाएको बताए । जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन गर्ने र फागुन १ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा जनयुद्ध दिवस मनाउन लागेको समेत जानकारी दिए ।

पार्टीले सडकमा बनाउन लागेको जेब्रा क्रसिङमा ट्राफिक प्रहरीले समेत साथ दिँदै जेब्रा क्रसिङ नहुँदाको समस्या पैदलयात्रुहरुलाई मात्रनभएर आफूहरूले भेगेको बताएका थिए ।

घोराही बजारका मुख्य चोकहरुमा जेब्रा क्रसिङ मेटिदै जाँदा पैदल मार्गबाट हिड्ने पैदलयात्रुहरुले जोखिम मोलेर आवतजावत गर्ने गरेका थिए । जेब्रा क्रसिङ बनेसँगै अबदेखि पैदलयात्रुलाई कहाँबाट बाटो काट्ने भन्ने समस्याको समाधान भएको र यसले सडकमा हुने दुर्घटनालाई न्यूनीकरण गर्नेछ । आज दिउँसो करिब एकबजे पार्टीका नेताकार्यकर्ताहरु जेब्रा क्रसिङ बनाउन सडकमा पुगेका थिए ।

Post navigation

नयाँ शक्ति को महाधिवेशनमा प्रवासबाट पनि अनलाइन मतदान
ईश्वरीय सत्तालाई चुनौती दिँदै जीव विकासको सिद्धान्त अघि सार्ने वैज्ञानिक चार्ल्स डार्विन










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ३० माघ २०८१, बुधबार २०:५०
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ३० माघ २०८१, बुधबार २०:५०
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ३० माघ २०८१, बुधबार २०:५०
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ३० माघ २०८१, बुधबार २०:५०
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र ३० माघ २०८१, बुधबार २०:५०

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297