Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नयाँ शक्ति को महाधिवेशनमा प्रवासबाट पनि अनलाइन मतदान

३० माघ २०८१, बुधबार १३:२५
जनवाणी संवाददाता

काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनमा प्रवासमा रहेका प्रतिनिधिले पनि मतदानको अधिकार प्रयोग गरेका छन् ।

भारत, हङकङ, दुबई, कुवेत, क्रोयसिया, अस्ट्रेलिया, अमेरिका, जापान, मलेसिया, कोरिया लगायतका देशका प्रवास कमिटीमा रहेका योग्य मतदाताले पार्टीको नेतृत्व चुन्ने प्रक्रियामा भाग लिएका हुन् ।

नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले नेपालमा आफूहरूले विल्कुल नयाँ प्रयास गरेको दाबी गरिन् ।

‘यो विल्कुल नयाँ प्रयास हो । उहाँहरूले उम्मेदवारी पनि माग गर्नुभएको थियो । त्यो चाहिँ मिलेन,’ उनले अनलाइनखबरसँग भनिन्, ‘तर, मतदानको अधिकार चाहिँ प्रयोग गर्नुपर्छ भनेर हामीले त्यो प्रबन्ध मिलाएका हौं ।’नेसपाको पहिलो महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि हिजो (मंगलबार) मतदान भएको थियो । जसका लागि नेसपा नयाँ शक्तिले सफ्टवेयर निर्माण गरेको भट्टराई बताउँछिन् ।

‘आ–आफ्नो इमेलमार्फत सबैको युनिक कोड र जीमेलको प्रयोगबाट मतदान गर्नुभएको हो,’ भट्टराईल थप जानकारी दिँदै भनिन् ।

उनका अनुसार लगभग ४० देखि ५० जना प्रतिनिधिले प्रवासबाट मतदान गरेका छन् ।

Post navigation

एकता लागि एकीकृत समाजवादी र नेकपासँग छलफल भइरहेको : प्रचण्ड
Next Post

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश ३० माघ २०८१, बुधबार १३:२५
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै ३० माघ २०८१, बुधबार १३:२५
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति ३० माघ २०८१, बुधबार १३:२५
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। ३० माघ २०८१, बुधबार १३:२५
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै ३० माघ २०८१, बुधबार १३:२५

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297