Skip to content
  • २९ असार २०८२, आईतवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

बिपी राजमार्गको सिन्धुली खण्ड पुनर्निर्माणका लागि ठेक्का आह्वान

२८ फाल्गुन २०८१, बुधबार ११:२०
जनवाणी संवाददाता

काठमाडौ – गत असोजमा आएको बाढीपहिरोले क्षति पुर्‍याएको बिपी राजमार्गको सिन्धुली खण्ड अन्तर्गत नेपालथोकदेखि बर्खेखोलासम्मको पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको छ। सडक डिभिजन खाल्टेले बुधबार लगभग ७२ करोड रुपैयाँको ठेक्का आह्वान गरेको हो, जुन ३० दिनभित्र खोलिनेछ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार बाँकी खण्डको ठेक्का पनि एक हप्ताभित्रै आह्वान गरिनेछ। काभ्रेतर्फका खण्डहरूको ठेक्का सडक डिभिजन भक्तपुरले लगाउनेछ।
अर्थ मन्त्रालयले फागुन ४ गते बिपी राजमार्ग पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो। असोजको बाढीपहिरोले काभ्रेपलाञ्चोकको भकुन्डेबेसीदेखि नेपालथोकसम्म २८ किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो, जसमध्ये ८.७ किलोमिटर सडक पूर्ण रूपमा कटान भएको थियो।
सडक विभागले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। नयाँ बन्ने २८ किलोमिटर सडक डबल लेनको हुनेछ र नालासहित १० मिटर चौडा हुनेछ, जसमध्ये ७ मिटर कालोपत्रे गरिनेछ।
प्रमुख न्यौपानेले यो सडक जियोमेटिक स्ट्यान्डर्ड (क्लास–टु स्ट्यान्डर्ड) को हुने र अहिलेको भन्दा फराकिलो र व्यवस्थित बनाइने बताए। पुनर्निर्माणको क्रममा ३०० एमएमको सब–बेस, २५० एमएमको बेस, ७५ एमएमको वाटर बाउन्ड म्याडम र ४० एमएमको आसफाल्ट कालोपत्रे गरिनेछ।
असोजको बाढीपहिरोपछि भत्किएको खण्ड अस्थायी डाइभर्सन गरेर १३ दिनमै सञ्चालनमा ल्याइएको थियो। हाल सडक डिभिजन भक्तपुरले भत्किएको खण्ड मर्मत गरिरहेको छ। साइट इन्जिनियर दुर्गा प्रसादका अनुसार बोक्सीकुना, चिउरी बाँसझ्याङ र चौकीडाँडामा डाइभर्सनको काम सकिएको छ भने पिप्लेमा काम सुरु हुँदैछ।
बिपी राजमार्ग भएर दैनिक तीन हजारभन्दा बढी सवारी साधन ओहोरदोहोर गर्छन्। जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको यो राजमार्ग २०७२ असार १८ गते नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।
असोजको बाढीपहिरोले क्षति पुर्‍याएको खण्ड मर्मतका लागि सरकारले जापान सरकारसँग अनुरोध गरेको थियो। परराष्ट्र मन्त्री आरजु राणा देउवाले जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमासँग भेट गरी सहयोगको आग्रह गरेकी थिइन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जापानी राजदूतसँग सहयोगको आग्रह गरेका थिए।

Post navigation

नेकपाले सञ्चालन गर्यो हर्पिक र सरफ वनाउने तालिम
पाटन संयुक्त क्याम्पसमा अखिल (समाजवादी) का शाही  नेतृत्वमा विद्यार्थी एकताको आह्वान

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश २८ फाल्गुन २०८१, बुधबार ११:२०
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै २८ फाल्गुन २०८१, बुधबार ११:२०
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति २८ फाल्गुन २०८१, बुधबार ११:२०
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। २८ फाल्गुन २०८१, बुधबार ११:२०
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै २८ फाल्गुन २०८१, बुधबार ११:२०

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297