Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ।

१९ असार २०८२, बिहीबार ०७:११
जनवाणी संवाददाता

 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ः बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, पतञ्जलि जग्गा प्रकरणबारे छलफल हुनेछ।

पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताए।

त्यस्तै उनले अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य गरेर पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल हुने बताए।

बुटवलमा पार्टीसम्बद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन्।

झाक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भूसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका थिए।

पार्टी अनुशासन आयोगले झाक्रीलाई तीन दिने स्पष्टीकरणसमेत सोधेको छ। त्यसको समय पनि आज सकिँदैछ। यसबारे बैठकमा छलफल हुन सक्ने खतिवडाले बताए।

‘अनुशासन आयोगले उहाँलाई स्पष्टीकरण सोधेको हो। त्यसबारे सचिवालयले निर्णय गर्ने कुरा त आएन तर आयोगले केही सिफारिस गर्न सक्छ,’ उनले भने।

Post navigation

९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १९ असार २०८२, बिहीबार ०७:११
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १९ असार २०८२, बिहीबार ०७:११
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १९ असार २०८२, बिहीबार ०७:११
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १९ असार २०८२, बिहीबार ०७:११
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १९ असार २०८२, बिहीबार ०७:११

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297