Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

उखु किसानको बटमलाइन ७० रुपैयाँ अनुदान, आन्दोलन जारी

११ भाद्र २०८२, बुधबार ११:५४
जनवाणी संवाददाता
 

 सारांश

  • उखु किसानहरूले सरकारसँग अनुदान रकमको माग गर्दै आन्दोलन जारी राख्ने भएका छन्।
  • किसानहरूले सरकारले प्रदान गरेको अनुदान रकमप्रति असन्तुष्टि जनाएका छन्, किनभने यो रकम उनीहरूको मागभन्दा कम छ।
  • तराईका १३ जिल्लाका उखु किसानहरू काठमाडौंमा आई आन्दोलन गरिरहेका छन्, र उनीहरूले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदानको माग गरेका छन्।

काठमाडौँ । उखु किसानहरूले आन्दोलन जारी राख्ने भएका छन् । उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले किसानको माग पुरा नभएको भन्दै आन्दोलन जारी राख्ने बताए  ।

 ‘सरकारले ७५ करोड बढी निकासी गर्ने भनेको सरकारको कुरा हो । तर किसानले ७० रुपैयाँ अनुदान माग गरिरहेको छ, त्यसकारण यो आन्दोलन रोकिँदैन’ रायले भने 

सरकारले ३५ रुपैयाँको दरले पैसा पर्सिसम्म किसानको खातामा जाने भन्ने कुराप्रति उखु किसानको आपत्ति रहेको उनले सुनाए । ‘हामीले मागेको ७० रुपैयाँ, जुन अघिल्लो साल पाइरहेका थियौँ । कटौती गरेर दिएको पैसामा हाम्रो सहमति छैन,’ रायले रातोपाटीसँग भने ।

सरकारले ४ सदस्यीय वार्ता समिति गठन गरेको प्रसङ्गमा उनले पहिलो र अन्तिम कुरा नै प्रतिक्विन्टल अनुदान ७० रुपैयाँ रहेको बताए । ‘सरकारले वार्ता समिति जो बनाए पनि हाम्रो एउटै कुरा भनेको, अनुदान कटौती गर्न नपाउने विषय हो ।’ रायले भने । 

आइतबारदेखि तराईका १३ जिल्लाका ६ सय बढी उखु किसान आन्दोलित छन् ।  उखु किसान काठमाडौँमा आएपछि सरकारले हिजो मङ्गलवार अनुदान  बापतको रकम निकासा गरेको थियो । अर्थ मन्त्रालयले यस बापत ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ निकासा  गरेको हो ।  

निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत  किसानको बैङ्क खाता मार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाए पनि उक्त रकम अनुदान कटौती गरेर राखेको ३५ रुपैयाँको मात्रै भएको किसानहरूको बुझाई छ । 

 
उखु किसानआन्दोलनअनुदान 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Likes

मन पर्‍यो (१००%)

dislike

मन परेन (०%)

neutral

तटस्थ (०%)

angry

Post navigation

देशभर आज मध्यम वर्षाको सम्भावना, भोलिदेखि पश्चिममा बढी वर्षा
नेकपाद्धारा हाउडिका ४ परिवारलाई राहत वितरण










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ११ भाद्र २०८२, बुधबार ११:५४
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ११ भाद्र २०८२, बुधबार ११:५४
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ११ भाद्र २०८२, बुधबार ११:५४
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ११ भाद्र २०८२, बुधबार ११:५४
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र ११ भाद्र २०८२, बुधबार ११:५४

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297