Skip to content
  • १२ कार्तिक २०८२, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

आगलागीमा जले इम्बोस्ड नम्बर प्लेट र लाइसेन्स बनाउने मेसिन

२७ भाद्र २०८२, शुक्रबार ०६:४१
जनवाणी संवाददाता

 
 

काठमाडौं —मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगलागी हुँदा इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने प्लान्ट र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गर्ने मेसिन जलेर ध्वस्त बनेका छन् । आगलागीका कारण विभागको भवन ध्वस्त छ । 

आगलागीबाट भवन जीर्ण बनेपछि मर्मत गरेर चलाउन सक्ने अवस्था नरहेको विभागले जनाएको छ । छपाइ भएर बसेका करिब २० हजार लाइसेन्स वितरणका लागि विभागमा राखिएको विभागका उपमहानिर्देशक केशव खतिवडाले बताए ।

प्रदर्शनकारीले कार्यालयमा आगो लगाउने क्रममा छपाइ गरेर राखिएका केही लाइसेन्स साथै लगेका र केहीले कार्यालयबाट निकालेर जथाभावी फालेको दृश्य सामाजिक सञ्जालमा छरपस्ट छन् । केही लाइसेन्स भने आगोमा जलेको अवस्थामा फेला परेको विभागको भनाइ छ 

‘कार्यालय जलेर ध्वस्त छ,’ उनले भने, ‘लाइसेन्स आवश्यक परे र इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनलाइन आवेदन दिनुपरे अहिले उक्त सेवा ठप्प छ, सबै प्रणाली (सिस्टम) बन्द भएको छ, कार्यालय मर्मतसम्भार गरेर चलाउन सक्ने अवस्था छैन ।’ सेवा सुरु हुन अझै एकदुई महिना लाग्न सक्ने उनले सुनाए ।

 

यसअघि विभागले तत्काल लाइसेन्स आवश्यक पर्नेलाई निवेदन दिएको २४ घण्टाभित्र उपलब्ध गराउंदै आएको थियो । अहिले भने वैदेशिक रोजागरीमा जाने, सुरक्षा निकाय कसैलाई पनि तत्काल लाइसेन्स आवश्यक परे उपलब्ध नहुने भएको छ । विभागमा रहेको एउटा मात्र लाइसेन्स छपाइ गर्ने मेशिन आगलागीबाट ध्वस्त बनेपछि सेवा अनिश्चित बनेको हो ।

कार्यालयमा पार्किङ गरेर राखिएका ७ वटा गाडी जलेर ध्वस्त बनेको उपमहानिर्देशक खतिवडाले जनाए । विभागले असोज १ बाट नयाँ दर्ता, नवीकरण र नामसारी गर्दा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न सार्वजनिक सूचना नै जारी गरेको थियो । तर प्रदर्शनका क्रममा जडानका लागि प्रदेश र सम्बन्धित यातायात कार्यालयमा पठाउन तयार गरेर राखिएका सबै इम्बोस्ड नम्बर प्लेट जलेका छन् । प्लेट उत्पादन गर्ने प्लान्टसमेत आगलागीबाट नष्ट बनेको विभागको भनाइ छ ।

विभाग स्रोतका अनुसार साउनसम्म ८ लाख १९ हजार ५९ वटा इम्बोस्ड नम्बर प्लेट तयार भएका थिए । त्यसमध्ये करिब दुई लाख हाराहारी मात्र सम्बन्धित प्रदेश र त्यसअन्तर्गतका कार्यालयमा पठाइएको थियो । बाँकी नम्बर प्लेट विभागमै रहेको र पठाउने तयारी हुँदै गर्दा आगालीबाट नष्ट भएको हो ।

६ लाख १९ हजार नम्बर प्लेट जलेर नष्ट भएको विभागको भनाइ छ । विभाग स्रोतका अनुसार साउनसम्म दुईपांग्रे ६ लाख ३२ हजार १ सय ४१, चारपांग्रे १ लाख ६४ हजार १ सय ९१, हेभी सवारीका लागि १४ हजार ५ सय ८२ र तीनपांग्रेका लागि ८ हजार १ सय ४५ वटा इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएको थियो ।

‘जति विभागमा राखिएको थियो, सबैमा क्षति पुगेको छ । रेकर्ड राखिएको ल्यापटप, डेस्कटप कम्प्युटर सबै जलेका छन्, अब केही पनि रेकर्ड छैन,’ विभाग स्रोतले भन्यो, ‘अहिले तयार भएकोमध्ये दुई लाख हाराहारी मात्र नम्बर प्लेट पठाइयो होला, बाँकी सबै यहीँ थियो, क्षतिको यकिन विवरण निकाल्ने क्रममै छौं ।’

अहिले कोशीबाहेक बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेश र कर्णालीका लागि नम्बर प्लेट तयार थियो । यसमध्ये थोरै संख्यामा मात्र पठाइएको थियो । नम्बर प्लेट उत्पादनको ठेक्का डेकाटुर–टाइगर आईटीले जोइन्ट भेन्चरमा ४ अर्ब ४५ करोड ६२ लाखमा २५ लाख सवारीसाधनमा नम्बर प्लेट उत्पादन गर्ने गरी ठेक्का लिएको हो । पटक–पटक म्याद थप र अदालती मुद्दा–मामिलाका कारण समयमै उत्पादनको काम भएन । अहिले मंसिरसम्म म्याद थप गरिए पनि काम सकिएको छैन ।

साउनसम्म ८८ हजार ३ सय ४० वटा सवारीसाधमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । जडान अझै प्रभावकारी हुन सकेको छैन । जडान प्रक्रिया झन्झटिलो र शुल्क महँगो भएको गुनासो सेवाग्राहीको छ । आगलागीमा के–कति क्षति भयो भनेर संकलन गर्ने क्रममै रहेको विभागका सूचना अधिकारी गणेशमान सिं राईले

बताए । आगलागीबाट कार्यालय पूर्ण रूपमा क्षति भएकाले तत्काल कार्यालयमा गएर काम गर्ने अवस्था नरहेको उनको भनाइ छ ।

Post navigation

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बन्दै 

ताजा खबर

  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य २७ भाद्र २०८२, शुक्रबार ०६:४१
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प २७ भाद्र २०८२, शुक्रबार ०६:४१
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित २७ भाद्र २०८२, शुक्रबार ०६:४१
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने २७ भाद्र २०८२, शुक्रबार ०६:४१
  • नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै २७ भाद्र २०८२, शुक्रबार ०६:४१

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297