काठमाडौं। नेकपा (एस) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशील सी बीच भेटघाट भएको छ। विहबार साँझ दुई नेताहरु बीच डल्लु स्थित खनालको निवासमा भेट भएको थियो।
भेटघाटमा दुबै नेताहरुबित पछिल्लो समसामायीक राजनीतिक परिस्थिति संगै समाजवादी मोर्चा,कम्युनिस्ट एकता – ध्रुविकरण र राष्ट्रिय स्वाधीनताका विषयमा गम्भीर छलफल भएको स्रोतले जनाएको छ।
पछिल्लो समयमा समाजवादी मोर्चाको महत्वपूर्ण दल जनता समाजवादी पार्टीमा आएको विभाजनले एकखालको चिन्ता थपे पनि मोर्चाको नेत्रित्व गरिरहेको पार्टी नेपाल कम्युनिस्ट पार्टीले मोर्चालाई सक्रिय वनाउन तिब्र रुपमा आफनो भूमिकामा लागिरहेको देखिन्छ।