Skip to content
  • १ पुष २०८२, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ : महासंघ

१९ जेष्ठ २०८१, शनिबार १९:४१
जनवाणी संवाददाता

 

 

 

जनवाणी संवाददाता

शनिबार, १९ जेठ २०८

काठमाडौँ – नेपाल पत्रकार महासङ्घले आसन्न निर्वाचनका लागि मतदाता नामावली प्रकाशित नहुँदै महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी भएकोमा ध्यानाकर्षण भएको जनाएको छ । शनिवार महासंघका अध्यक्ष विपुल पोखरेलले एक विज्ञप्ति जारी गर्दै महासङ्घले हालसम्म मतदाताहरूको आधिकारिक सूची प्रकाशित नगरेको समेत जनाएका छन् ।

उनले असहमतिलाई वार्ता र सम्वादमार्फत समाधान गर्न सकिने भन्दै चुनावको वातावरण निर्माणमा संवेदनशील बन्न समेत सबैलाई आग्रह गरेका छन् । 

विज्ञप्तिमा अध्यक्ष पोखरेलले भनेका छन्– ‘निर्वाचन समितिमार्फत प्रकाशित हुने मतदाता नामावलीमा त्रुटि सच्याउने तथा छुटेका पत्रकारहरूको नाम समेट्न सकिने भएकोले केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी खोलेर तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माणका लागि आग्रह गर्दछौँ ।’

मतदाता नामावलीमा त्रुटि सच्याउन तथा छुटेका पत्रकारहरूको नाम समेट्नुपर्ने माग गर्दै समाजवादी प्रेस सङ्गठन र प्रेस युनियनसँग आबद्ध पत्रकारहरूले महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिरहेका छन् । महासङ्घको नयाँ नेतृत्वका लागि जेठ २६ गते निर्वाचन हुँदैछ।

 
 

Post navigation

भारतमा अन्तिम चरणको मतदान जारी, मैदानमा छन् मोदीदेखि कंगना रनावतसम्म यी उम्मेदवारभारतमा लोकसभा निर्वाच
दरबार हत्याकाण्डको सम्झनामा दीप प्रज्वलन : पारससहित पूर्वराजपरिवारका सदस्य उपस्थित

ताजा खबर

  • सुरक्षा र प्रशासन प्रमुखहरूले जाँचबुझ आयोगमा दिए एकनासको बयान  १९ जेष्ठ २०८१, शनिबार १९:४१
  • अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते १९ जेष्ठ २०८१, शनिबार १९:४१
  • विदेशी हस्तक्षेप रोक्ने हामीसँग ब्यालेस्टिक मिसाइलवाला तागत छैन : प्रचण्ड १९ जेष्ठ २०८१, शनिबार १९:४१
  • जेनजी र सरकारबिच सम्झौता : आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा १९ जेष्ठ २०८१, शनिबार १९:४१
  • चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो १९ जेष्ठ २०८१, शनिबार १९:४१

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297