Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ : महासंघ

१९ जेष्ठ २०८१, शनिबार १९:४१
जनवाणी संवाददाता

 

 

 

जनवाणी संवाददाता

शनिबार, १९ जेठ २०८

काठमाडौँ – नेपाल पत्रकार महासङ्घले आसन्न निर्वाचनका लागि मतदाता नामावली प्रकाशित नहुँदै महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी भएकोमा ध्यानाकर्षण भएको जनाएको छ । शनिवार महासंघका अध्यक्ष विपुल पोखरेलले एक विज्ञप्ति जारी गर्दै महासङ्घले हालसम्म मतदाताहरूको आधिकारिक सूची प्रकाशित नगरेको समेत जनाएका छन् ।

उनले असहमतिलाई वार्ता र सम्वादमार्फत समाधान गर्न सकिने भन्दै चुनावको वातावरण निर्माणमा संवेदनशील बन्न समेत सबैलाई आग्रह गरेका छन् । 

विज्ञप्तिमा अध्यक्ष पोखरेलले भनेका छन्– ‘निर्वाचन समितिमार्फत प्रकाशित हुने मतदाता नामावलीमा त्रुटि सच्याउने तथा छुटेका पत्रकारहरूको नाम समेट्न सकिने भएकोले केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी खोलेर तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माणका लागि आग्रह गर्दछौँ ।’

मतदाता नामावलीमा त्रुटि सच्याउन तथा छुटेका पत्रकारहरूको नाम समेट्नुपर्ने माग गर्दै समाजवादी प्रेस सङ्गठन र प्रेस युनियनसँग आबद्ध पत्रकारहरूले महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिरहेका छन् । महासङ्घको नयाँ नेतृत्वका लागि जेठ २६ गते निर्वाचन हुँदैछ।

 
 

Post navigation

भारतमा अन्तिम चरणको मतदान जारी, मैदानमा छन् मोदीदेखि कंगना रनावतसम्म यी उम्मेदवारभारतमा लोकसभा निर्वाच
दरबार हत्याकाण्डको सम्झनामा दीप प्रज्वलन : पारससहित पूर्वराजपरिवारका सदस्य उपस्थित










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १९ जेष्ठ २०८१, शनिबार १९:४१
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १९ जेष्ठ २०८१, शनिबार १९:४१
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १९ जेष्ठ २०८१, शनिबार १९:४१
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १९ जेष्ठ २०८१, शनिबार १९:४१
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १९ जेष्ठ २०८१, शनिबार १९:४१

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297