Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपाले बी.आर.आई.भ्रम र वास्तविकता शीर्षकमा अन्तरक्रिया गर्ने

१ श्रावण २०८१, मंगलवार १०:०८
जनवाणी संवाददाता

 

काठमाडौँ – चिनियाँ सरकारले साझा भविष्यका लागि विश्वव्यापी  सहकार्यको उदेश्यसहित अगाडि सारेको  वेल्ट एण्ड रोड इनिसियटिभ( बी.आर.आई)भ्रम र वास्तविकता शीर्षकमा काठमाडौँमा अन्तर्कृया हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले श्रावण ३ गते कमलादीस्थित प्रज्ञाभवनमा अन्तर्कृयाको आयोजना गरेको अन्तर्राष्ट्रिय विभाग सदस्य शङ्कर महराले जानकारी दिएका छन् ।

नेपाल सरकार र चिनियाँ सरकारबीच सम्झौता भइसकेको बी. आर.आई.बारे केही भ्रम रहेकोले यसको वास्तविकता र नेपालको आर्थिक विकासमा संभावित फाइदा कसरी हुन्छ भन्ने विषयमा विज्ञहरुसहितको सहभागितामा अन्तरक्रिया हुन लागेको हो ।

कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् भने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङ, सिमाविद हिरण्यलाल श्रेष्ठ, पुर्वाधार विज्ञ डा. सुरेशराज आचार्य, डा. भीम रावल, प्राध्यापक पुष्प अधिकारी,डा. खगेन्द्र प्रसाईं लगायतका वक्ताहरूले बी आर आइ- भ्रम र वास्तविकताबारे धारणा राख्ने आयोजकले जानकारी दिएको छ।
विश्व शक्तिसन्तुलनको संभावित हेरफेर र भू-राजनीतिक हिसाबले निकै संवेदनदनशील अवस्थामा रहेको नेपालका लागि आफ्नो स्वाधीनताको रक्षा र आर्थिक विकासका हिसाबले कसरी अगाडि बढ्ने भन्ने कुरा निकै महत्त्वपूर्ण विषय हो । 

Post navigation

नयाँ सत्तासमिकणले दलित समुदायमा त्रसित
कार्यदल गठन समाजवादी मोर्चाको बैठक द्वारा










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १ श्रावण २०८१, मंगलवार १०:०८
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १ श्रावण २०८१, मंगलवार १०:०८
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १ श्रावण २०८१, मंगलवार १०:०८
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १ श्रावण २०८१, मंगलवार १०:०८
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १ श्रावण २०८१, मंगलवार १०:०८

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297