Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नयाँ सभ्यताको लडाइँ बीआरआई हो : विप्लव

३ श्रावण २०८१, बिहीबार २२:३१
जनवाणी संवाददाता
 

 

काठमाडौँ  –  नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले चिनियाँ सरकारले साझा भविष्यका लागि विश्वव्यापी सहकार्यको उदेश्यसहित अघि सारेको वेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ) नयाँ सभ्यताको लडाइँ भएको दाबी गरेका छन् ।
नेकपा अन्तरास्ट्रिय विभागद्वारा आज काठमाडौँमा आयोजित `बीआरआई वास्तविकता र भ्रम विषयक´ अन्तर्कृयालाई प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले यस्तो दाबी गरेका हुन् ।

नेपाल भू-राजनीतिक हिसाबले निकै संवेदनशील र चुनौतीपूर्ण ढङ्गले गुज्रीरहेकोबेला बीआरआइको पक्षमा खुलेर प्रशंसा गर्दै महासचिव विप्लवले बीआरआई नयाँ भविष्य, साझा उदेश्य र सहकार्यसहित एकाधिकार पुँजीवादले उत्पन्न गरेका अर्थराजनीतिक संकट एवम् क्रुरताको विकल्पमा अघि सारिएको नयाँ सभ्यता भएको बताए।

“बीआर आई नयाँ सभ्यताको लडाइ हो, विकास केवल सैन्य शक्तिको बलमा अरुको साधन, श्रोत तथा श्रममाथि कब्जा जमाएर भौतिक ढङ्गले मात्रै हुन्छ भन्ने पश्चिमी मोडेल मात्रै होइन रहेछ भन्ने कुरा बीआरआईले पुष्टि गर्न खोजेको देखिन्छ” महासचिव विप्लवले मन्तव्यको क्रममा भने-“यद्यपि चिनियाँहरुले बीआरआइबारे भएका आलोचनाहरु पनि उहाँहरुले सुन्नुपर्छ, केही कमजोरी छन् भने पनि सच्याउदै अघि बढ्न तयार हुनुपर्छ ।”

राष्ट्रपति सी जिन पिङले सन् २०१३ बाट महत्वाकांक्षी योजनाको रूपमा अगाडि बढाएको बीआरआईको पक्ष र विपक्षमा नेपाली जनमत समेत विभाजित रहेको भन्दै महासचिव विप्लवले उक्त परियोजनाको विरोध गर्नेहरूले बीआरआई नेपालका लागि ऋणको पासो हुने, चिनियाँहरुको हस्तक्षेप बढेर देशको सार्वभौमसत्ता कमजोर हुने र उनीहरुले ब्याजमा दिने भनिएको सफ्ट ऋणबाट देश उम्किनै नसक्ने गरि फस्ने खतरा रहेको भनेर भ्रम सिर्जना गर्न खोजेको बताए ।

महासचिव विप्लवले बीआरआई सैन्य परियोजना नभएको, यसले देशलाई रिण बोकाएर हिड्छ भन्ने कुरा पनि भ्रम भएको र यो योजना पूर्वबाट पध्चिमतिर फर्केको योजना भएकोले यसले मान्छेको ध्यान पुर्वीय सभ्यतातिर फर्काइरहेको समेत उल्लेख गरे ।

विश्वका १ सय ५० बढी देशहरूले सम्झौता गरिसकेको भनिएको यो परियोजना खाली एउटा परियोजना मात्रै नभइ बिश्वको विद्यमान आर्थिक राजनीतिक ध्रुवीकरण र प्रवृत्तिसङ्ग जोडिएको विषय भएको उल्लेख्य गर्दै विप्लवले नेपाल जस्ता साना र अविकसित देशहरू अहिले विश्वका केहि शक्तिशाली देशहरूको दबाब र प्रभावकोबिचबाट गुज्रिरहेकाले यसबाट स्वाधीन हुने आर्थिक नीति जरुरी रहेको बताए।

बीआर आईलाई बुझ्ने बिषयमा चिनियाँहरुले उक्त परियोजनालाई कनेक्टीभिटी ,बिकासमा साझेदारीता र साझा भबिस्यबारे सहकार्यको जुन कुरा गरेका थिए, शुरुमा नेपालको जनमत र राजनीतिक दलहरूसमेत त्यसैमा बिश्वस्त थिए तर जब युक्रेनयुद्द र मध्येपुर्वको तनावपछि बीआरआइलाई नेपालमा फरक ढङ्गले व्याख्या गर्न थालिएको भन्दै समाजवादी मोर्चा नेपालका संयोजक समेत रहेका विप्लवले भारतले नाकाबन्दी गरेको बेला सरकारले चीनसङ्ग नाका खोल्ने र बीआरआई परियोजना अगाडि बढाउने कुरा गरेपछि जनतामा यो बिषयले सकारात्मक प्रभाव पारेको प्रसङ्ग समेत कोट्याए।

एमसीसी कैयौं विरोधका बाबजुद पनि संसदबाट पारित गरिएको , यो सैन्य रणनीतिसङ्ग जोडिएको विषय भएको भनेर स्वयं अमेरिकी अधिकारीहरुले बताइरहेको बेला माओवादी लगायत कम्युनिस्ट पार्टीका नेताहरू समेत जोडिने कुराले मुलुकको रास्ट्रवादी आन्दोलन तथा कम्युनिस्ट सहकार्यमा समेत नकारात्मक असर परेको महासचिव विप्लवको बुझाइ छ ।

नेपाल कम्युनिस्ट पार्टी अन्तरास्ट्रिय विभागद्वारा आयोजित कार्यक्रममा खगेश्वर सीको अध्यक्षता रहेको थियो । अन्तर्कृयामा सङ्कर सीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन अखिल (समाजवादी) का अध्यक्ष एवम् अन्तर्राष्ट्रिय विभाग सदस्य नरेन्द्र सीले गरेका थिए।

 

Post navigation

महान्यायाधिवक्ता बडालले लिए शपथ
सांसदबाट दुई तिहाइ विश्वासको मत पाए प्रधानमन्त्री ओलीले

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश ३ श्रावण २०८१, बिहीबार २२:३१
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै ३ श्रावण २०८१, बिहीबार २२:३१
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति ३ श्रावण २०८१, बिहीबार २२:३१
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। ३ श्रावण २०८१, बिहीबार २२:३१
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै ३ श्रावण २०८१, बिहीबार २२:३१

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297