Skip to content
  • २९ असार २०८२, आईतवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

एकैदिन १४५ अङ्कसम्म नेप्से कसरी धटबढ हुनसक्छ सांसदले उठाए प्रश्न

२४ श्रावण २०८१, बिहीबार २०:५३
जनवाणी संवाददाता
 

काठमाडौँ  – एकै दिन १४५ अङ्कसम्म नेप्से घट्छ, फेरि अर्को दिन लगत्तै १०८ अङ्कले बढ्छ । यसलाई कसरी लिने ?’ सांसदहरूको मुख्य सरोकारको विषय थियो । बिहीबार संसदीय समिति अन्तर्गतको अर्थ समितिमा धितोपत्र बोर्डका अध्यक्ष महेश बराल र सांसदहरूबिच सवालजवाफ भएको छ । खासगरी नयाँ सरकार आएसँगै एकाएक पुँजी बजारमा आएको उतारचढाव, नेप्से सूचकमा अस्वाभाविक वृद्धिले बजारमा ल्याएको तरङ्गको मुद्दामा सांसदहरूले सम्भावित चलखेलका विषयमा बोर्डका अध्यक्षलाई प्रश्न राखेका थिए ।

सरकार परिवर्तन हुँदैमा रातारात पुँजी बजार बढ्नुपर्ने कुनै कारण नभएको सांसद मेटमणि चौधरीले बताए । ‘बजार अस्वाभाविक रूपमा घटबढ भइरहेको छ । कताकतै चलखेल भइरहेको छ भन्ने पनि सुनिन्छ । खास के हो ? यसमा नियामकले हेर्नुपर्ने हो कि होइन ?’ चौधरीले प्रश्न गरे ।

पुँजी बजारको मुद्दामा अस्वाभाविक घटबढको विषयलाई लिएर आफूले जिज्ञासा राख्दा ‘पुँजी बजार विरोधी’को ट्याग भिराएको दुखेसो पूर्वअर्थमन्त्री समेत रहेका सांसद डा.प्रकाशशरण महतले पोखे ।

‘मैले सेयर बजार बढ्यो, बढ्नु हुँदैनथ्यो कतै भनेको छैन । तर, मविरुद्ध केही माननीयज्यूहरू नै लागेको पाएँ,’ डा.महतले भने, ‘संसदमा बोलेको कुरालाई लिएर, कुनै कम्पनी÷संस्थाको विषयमा बोल्ने कुरा होइन तर आम सर्वसाधारणको पक्षमा बोल्ने सुसूचित गर्ने हाम्रो जिम्मेवारी हो । केही कम्पनीहरूको सेयर अस्वाभाविक बढ्यो, यसको वास्तविकता के हो ? कम्पनीको वित्तीय स्थिति के छ, हेरौँ भनेको हुँ ।’

तर बजारमा लगानीकर्ताहरूले आफूविरुद्ध स्टेटमेन्ट नै जारी गरेको उनले बताए । ‘पुँजी बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि नियामक धितोपत्र बोर्ड, नेप्सेले सुक्ष्म निगरानी राख्दै अनुगमन नियमन गर्नुपर्छ,’ उनले भने । तर, पुँजी बजारले नै मुलुकको अर्थतन्त्र धानेको भन्न नमिल्ने उनको भनाइ छ ।

बैठकमा नेकपा एमालेका सांसद सूर्य थापाले सरकार परिवर्तन भएसँगै आम सर्वसाधारण लगानीकर्ताहरूमा विश्वास बढेको र पुँजी बजारले समेत सकारात्मक बाटो लिएकोमा अन्यथा लिन नहुने तर्क गरे । कुनै बेला ३२ सय अङ्कमा पुगिसकेको पुँजी बजार घटेर १८ सयमा झ¥यो । त्यतिखेर त कोही बोलेन । सेयर बजार किन यसरी घटिरहेको छ भनेर कसैले सोधखोज गरेन । फेरि अहिले बजारले सकारात्मक गति लिँदा किन कसैको टाउको दुख्न प¥यो ?’ उनले प्रतिप्रश्न गरे ।

 

Post navigation

आज यी चार प्रदेशमा भारी वर्षा हुने, कहाँ-कहाँ छ बाढीको सम्भावना ?
बौद्धको धागो कारखानामा भीषण आगलागी

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश २४ श्रावण २०८१, बिहीबार २०:५३
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै २४ श्रावण २०८१, बिहीबार २०:५३
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति २४ श्रावण २०८१, बिहीबार २०:५३
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। २४ श्रावण २०८१, बिहीबार २०:५३
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै २४ श्रावण २०८१, बिहीबार २०:५३

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297