काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप ५ प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार थप पाँच प्रदेशमामा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका हुन् ।

मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै गत असार ३१ गते आफ्नो पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४-३० स्वीकृत गरेका थिए ।

रणनीतिले सातवटै प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने लक्ष्य लिएको थियो । त्यसको एक महिनाभित्रै बुधबार मन्त्री पौडेलले कार्यविधि स्वीकृत गरेका हुन् ।