काठमाडौं – विभिन्न सडकमा अलपत्र परेका यात्रुलाई तत्काल गन्तव्यमा पुर्याउन संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ ।
बाढी तथा पहिरोको ग छलफल गर्न समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो । छलफलपछि समितिले राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्दार गर्न निर्देशन दिएको छ ।
‘हवाइ भाडा नबढाउन, अवरुद्ध सडक मर्मत सम्भार गरेर यातायात सञ्चालन गर्न, सडक पहुँच नपुगेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न तरकारी र फलफूल आदिको मूल्य बढ्न नदिन र पीडितलाई छिटोभन्दा छिटो राहत दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ’, बैठकपछि समिति सभापति रामहरि खतिवडाले बताए ।
समितिले हालै गएको बाढीपहिरो र डुबानबाट प्रभावित परिवारलाई राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।